१२ बैशाख २०८१, बुधबार
Follow Us

नेप्लीज युथ युकेको अध्यक्षमा धिरज राई निर्विरोध

नेपालब्रिटेन डट कम्
२५ बैशाख २०७५, मंगलवार २१:४९

लण्डन । नेप्लीज युथ युकेका युवाहरूले दोश्रो कार्यकालका लागि नँया कार्यसमिती चयन गरेका छन् ।

गैर आवासिय नेपाली संघ युकेका उपाध्यक्ष प्रेम गाहा मगरको प्रमुख आतिथ्य मा सम्पन्न सो अध्यक्षमा धिरज राई र उपादक्ष्यमा केशव गुरूङ र कुमार थापा (ब्रुस) निर्विरोध निर्वाचीत भएका छन् ।

पुर्व अध्यक्ष रिचर्ड गुरूङ द्वारा टेलिफोन गरि नँया कार्य समितीलाइ बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

त्यसैगरि महासचिवमा बिनोद बुढाथोकी ,सचिवमा खगेन थापा , कोषाध्यक्षमा नबिन थापा र सहकोषाध्यक्षमा एन्डी चाम्लिङ राईलाई चयन गरेको छ भने क्षेत्रिय युथको ओडिनेटरमा प्लम्स्टेडबाट डेबिन थापा र रोशन थापा रेडिङ बाट मदन थापा ,किशोर थापा र आयुश महर्जन नर्थ इङ्ल्यान्डबाट मधु घिमिरे ,केन्टबाट पवन राई र किरण गुरुङ् ह्यारोबाट नारायण लिम्बू , बिशाल राई त्यसै गरि अल्डर्शट/ फान्बोरो बाट देव राणालाई चयन गरिएको छ ।

त्यसैगरि सल्लाहकारहरु हरी बूडा मगर ,प्रेम गाहा मगर ,लाल सुब्बा ,राष्ट्र राई ,रिचार्ड गुरुङ् ,हेम गुरुङ् ,लाल बहादुर गुरुङ् ,कुमार गुरुङ् ,ललित गुरुङ्, बाबु राणा र गजेन्द्र गुरुङ् चयन भएका छन् भने सदस्यहरु नवराज घले ,रोशन गुरुङ् ,गजेन पुन ,कुमार थापा ,लबी थापा ,रविन राणा ,मधुकर पाण्डे ,संतोश मन्दल ,रमेश विश्वकर्मा ,नारायण भण्डारी ,नवल श्रेष्ठ नीयुक्त भएका छन् ।

नव निर्वाचत अध्यक्ष धिरज राईले युवाहरूसंग सहकार्य गरि समाजका हरेक क्षेत्रमा काम गर्ने,युवाहरूमा भएको हरेक किसिमको क्ष्यमतालाइ सही सदुपयोग गर्दै एक आपसमा सहयोगको भावनाकासाथ काम गरिने र हरेक क्षेत्रका संघ सस्थाहरू संग सहकार्य गर्दै युवाहरूमा सम्भवना रहेका क्ष्यमता अविब्रिद्दी गर्ने र समाजमा युवाहरूले पुर्याउन सक्ने योग्दान सम्भव रहेसम्म सक्दो प्रयास गरिने छ र यसका लागि युवाहरूलाइ सल्हा सुझापका साथ सहयोग गर्न शबैलाइ अनुरोध गर्दै युवाहरूलाइ हेर्ने कुदिष्ट्री र व्यभार परिवर्तन हुनु पर्नेमा जोड दिने बताए ।

उक्त कार्यक्रममा अफगानिस्थानमा दुबै खुट्टा गुमाएका पुर्व गोर्खा सैनिक हरि बुढा मगर र बिनोद बुढाथोकीलाइ युवाहरूले सम्मान गरेका थिए।दुबै खुट्टा घुडामाथी बाट गुमाएका हरि बुढा मगर मेरापिक जस्तो अग्लो हिमाल चढ्ने पहिलो संसारकै साहासिक वोर्ल्ड रेकर्ड होल्डर हुन् र आउने बर्ष संसारकै अग्लो सिखर सगरमाथा आरोहणको तयारि गरिरहेका छन् ।

हरि बुढामगरले देखाएको साहासले संसारकै इतिहासमा पहिलो पटक सम्पुर्ण नेपालीहरूलाइ गौरव गर्ने अवसर दिदै राष्ट्रकै नाम संसारमा राख्न गहिरहेकोले हरि बुढामगर संसारकैलागी प्रेरणाका स्रोत बनेको र राष्ट्रकै एक सच्चा हिरो रहेकाले वहालाइ हौसला प्रदान गर्न र समर्थन गर्दै शुभकामनाका साथ सम्मान गरिएको युवाहरूले बताए। सोही अवसरमा हरि बुढा मगरले आफ्नो जिन्दगीको प्रेरणादाइ तितो मिठो अनुभव र भविस्यमा गर्ने कार्ययोजनाका बारे युवाहरूलाइ बताएका थिए जुन बेला युवाहरू एक दमै भावुक देखिएका थिए भने बेला बेला गडगडाहट तालिले हलको रौनक नै फरक बनाएका थिए। यसैगरि बिनोद बुढाथोकीले पनि महत्पुर्ण प्रेरणादाइ काम गरिरहेका छन् ।

२०१६ पारा ओलम्पिक मा शूटिङ टिम ब्यक्तिगत प्रेरणा कार्यक्रम मा चयन भइ काम गरिसकेका छन भने ब्रिटिश एअर गन ओपन च्याम्पियन्शिप २०१७ मा दोश्रो रनर अप बिजेता हुन भने २०१८ का पहिलो रनर अप का बिजेता हुन।

प्रमुख अतिथी रहेका गैर आवसीय नेपाली संगका उपाध्यक्ष प्रेम गाहा मगरले हरि बुढामगरको सगरमाथा आरोहण सफल्ताको शुभकामना दिदै नव निर्वाचित कार्यसमितीलाइ बधाइ तथा कार्यकालको शुभकामना दिदै आगामि सेप्टेम्बरमा युवाहरूसंगको सहकार्यमा एनआरएनए युकेले आयोजना गर्न गहिरहेको (अपाङ्ग सहयोगार्थ साँझ,Disability Aid Evening)कार्यक्रम बारे जानकारी गराउदै रिडिङका कार्यक्रम आयोज युवाहरूलाइ धन्यवाद दिएका थिए भने नव निर्वाचित अध्यक्ष धिरज राईले पनि कार्यक्रम सम्योजक केशव गुरूङ लगायत आयोजक युवाहरूलाइ धन्यवाद दिएका थिए भने हरि बुढा मगर र बिनोद बुढाथोकीले साहासिक काम गरि समाजमा पुर्याउनु भएको प्रेरणादाइ भुमिका र योग्दानप्रती आभार प्रकट गर्दै धन्यवाद दिदै शुभकामना दिएका थिए।