१२ बैशाख २०८१, बुधबार
Follow Us

संविधान संशोधनको औचित्य पुष्टि गर : महासचिव पोखरेल

नेपालब्रिटेन डट कम्
१६ भाद्र २०७३, बिहीबार ०६:१८

सिन्धुली । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधान संशोधन प्रस्तावको औचित्य पुष्टि गर्न आग्रह गरेका छन् । सिन्धुलीमाडीमा आयोजित प्रेस चौतारी नेपालको केन्द्रीय कमिटीको बैठक तथा अन्तरसंवाद कार्यक्रममा महासचिव पोखरेलले सत्तामा जाने भ¥याङ बनाउनका लागि मात्र एमाले संविधान संशोधनका लागि तयार नहुने भन्दै औचित्य पुष्टि गर्न आग्रह गरेका हुन् । केका लागि संविधान संसोधन चाहेका हुन् ? प्रष्ट रुपमा नल्याएसम्म एमालेले यसबारे कुनै बहस र टिप्पणीसमेत नगर्ने उनको भनाइ थियो ।
महासचिव पोखरेलले सरकारले पूर्णता नपाउँदै कुटनीतिक मर्यादा विपरित दुर्ई छिमेकी मुलुकमा दूत पठाएर प्रधानमन्त्री दाहालले अपरिपक्व व्यवहार देखाएको भन्दै भारतीय प्रधानमन्त्रीलाई पठाएको पत्र सार्वजनिक गर्न माग समेत गरे ।