१६ चैत्र २०८०, शुक्रबार
Follow Us

राजस्थानसँग पञ्जाव पराजित

नेपालब्रिटेन संवाददाता
२६ बैशाख २०७५, बुधबार ०५:०३

नयाँदिल्ली । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार तेस्रो स्थानको किङ्स ११ पञ्जाबलाई १५ रनले हराएको छ । जितसँगै राजस्थान अंकतालिकाको पुछारबाट छैटौं स्थानमा उक्लेको छ । राजस्थानको ८ अंक पुगेको छ भने पञ्जाबको १२ अंक छ ।
शीर्षस्थानको सनराइजर्स हैदराबादको १६ र दोस्रो स्थानको चेन्नई सुपर किङ्सको १४ अंक छ । १ सय ५९ रनको लक्ष्य पछ्याएको पञ्जाबले ७ विकेटको क्षतिमा १ सय ४३ रनमात्र जोडेपछि टोलीले आइपिएलमा चौथो हार बेहोरेको छ ।