१३ बैशाख २०८१, बिहीबार
Follow Us

जनसम्पर्क समिति फ़्रान्सको सभापतिमा राना

नेपालब्रिटेन डट कम्
२६ बैशाख २०७५, बुधबार ०७:३१

लण्डन । नेपाली कांग्रेसको भातृ संगठन जनसम्पर्क समिति फ़्रान्सको प्रथम महाधिबेशन वैशाख २३ मा फ़्रान्सको राजधानी पेरिसमा नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधि तथा जनसम्पर्क समिति नेदरल्याण्डका पूर्वअध्यक्ष नारायण आचार्य र माथवर सिंह बस्नेतको उपस्थितिमा महाअधिबेशन सम्पन्न भएको हो ।

अधिबेशनले सर्वसम्मतिबाट सुधीरकुमार राना अध्यक्षमा निर्वाचित भएका छन् । उपाध्यक्ष द्वय इन्द्र बस्नेत, शिवराम भण्डारी, महामहामन्त्री कमल बिक्रम के सी, सहमहामन्त्री ध्रुव घिमिरे, कोषाध्यक्ष देवीजंग गुरुंग, सहकोषाध्यक्ष धर्मेन्द्र सेन र सदस्यहरुमा थम्मन टण्डन, हीरा खत्री, सागर श्रेष्ठ , श्रीप्रसाद गुरुंग र बाबूराम शर्मा चयन भएका छन् । १५ सदस्यीय कार्यसमितिको पूर्णता संस्थाको बिधानले प्रवाधान गरे अनुसार ३ जना पछि मनोनित गरिने भएको छ ।