१४ बैशाख २०८१, शुक्रबार
Follow Us

ओली–प्रचण्ड भेट : टुइटर र सञ्चारमाध्यममा आएको विषयमा छलफल

नेपालब्रिटेन संवाददाता
२६ बैशाख २०७५, बुधबार १५:३६

काठमाडौं । पार्टी एकता, सरकारको नीति तथा कार्यक्रम र आसन्न बजेटका सम्बन्धमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

भेटवार्तामा ट्वीट लगायत सञ्चार माध्यममा आएका विषयवस्तुले सृजना गरेका भ्रम माथिको छलफल भएको थियो । उक्त छलफलपछि वातावरण सहज भएको अध्यक्ष प्रचण्डको निजी वेभसाइटमा उल्लेख छ ।

दुई पार्टीको कार्यदलस्तरबाट तयार भएको वैचारिक र सांगठनिक प्रतिवेदनलाई अन्तिम रुप दिई एकता संयोजन समितिमा प्रस्ताव गर्ने जिम्मेवारी पाएका दुई अध्यक्षले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि सोबारे निर्णय लिने बुझिएको छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले उहाँहरुबीच ती विषयमा छलफल भएको र त्यो सकारात्मक रहेको बताउनुभयो ।