१४ बैशाख २०८१, शुक्रबार
Follow Us

क्षेत्री समाज यूकेमा नयाँ सल्लाहकार, वार्षिक भेटघाट आगामी २८ जुलाई हुने

नेपालब्रिटेन डट कम्
२६ बैशाख २०७५, बुधबार २०:५३

लण्डन। क्षेत्री समाज यूकेको गत अप्रिल महिनामा निर्वाचित नयां कार्यसमितिको प्रथम बैठक सम्पन्न भएको छ ।

गतहप्ता आइतवार नर्थक्याप्सस्थिति दिवाली रेष्टुरेण्टमा सम्पन्न बैठकले बिभिन्न निर्णयहरु गरेको छ । संस्थाको अध्यक्ष राजन कुमार क्षेत्रीको अध्यक्षता सम्पन्न उक्त प्रथम बैठकले संस्थाको दुरगामी प्रभाव राख्ने महत्वपूर्ण निर्णयहरु गरेको छ ।

पांचौ कार्यसमितिको तर्फबाट निवर्तमान अध्यक्ष, महासचिव, कोषाध्यक्ष र आपतकालिन राहतकोषका संयोजकले आ-आफ्नो जिम्मेवारीमा रहेको सम्पूर्ण बरबजुरथ र नयाँ सदस्य सुनिल बाबू खड्काको सपथ ग्रहणबाट शुरुभएको बैठक २ भागमा बिभाजित गरिएको थियो ।

महासचिब कुमार केसीद्वारा संचालित बैठकमा उपाध्यक्ष यज्ञ क्षेत्रीले स्वागत मन्तब्य राखेका थियो ।

बैठकले गत अधिबेशनको समिक्षा गर्दै महत्वपूर्ण जिम्मेवारी बहन गर्नु भएका क्षेत्रीय कमटी वेम्ली र अध्यक्ष मण्डल तथा निर्वाचन कमिटीका भीम बानिया, रामशरण सिमखडा र धन क्षेत्रीलाई बिषेश धन्यबाद दिने निर्णय गर्नुका गरेको छ ।

बैठकले सस्थांको संरक्षकमा ध्रुब केसी, सल्लाहकारहरुमा भीम बानिया, रामशरण सिमखडा, धन क्षेत्री, प्रेम खड्का, मे (री) रुद्र बहादुर खड्का र धन कुंवर साथै कानूनी सल्लाहकारमा सोलीसिटर राजूथापा नियुक्त गरेको छ । यस्तै बैठकले कोप्टेड मेम्बरमा सरस्वती केसी, मायां केसी, अम्बिका खड्का र अन्जना थापालाई सर्बसम्मतीले मनोनयन गरेको छ । संस्थाको महत्वपूर्ण जिम्मेवारी आपतकालिन राहत कोष संयोजकमा उपाध्यक्ष यज्ञ क्षेत्रीलाई तोकिएको छ।

बेलायतमा क्षेत्रीहरुको हाल सम्मको ईतिहांसलाई समेट्दै पुस्तक प्रकाशन गर्ने जिम्मेवारी महासचिब कुमार केसीलाई तोकिएको छ ।

संस्थाको सबै भन्दा बढी सहभागीता रहने र एक महत्वपूर्ण कार्यक्रम बार्षिक समर भेटघाट (गेट टुगेदर) आगामी २८ जुलाई शनिबारका दिन स्थानीय अल्डसर्टको कनेट स्कूलमा गरिने र सो को संयोजनको जिम्मेवारी उपाध्यक्ष यज्ञ क्षेत्रीले गर्ने निर्णय गरेको छ ।

कार्यक्रम संयोजक क्षेत्रीले उक्त दिन सबैलाई सहभागीता तथा सहयोगको लागी बिषेश अनुरोध गर्नु भएको छ । बेलायतमा बिभिन्न संघ-संस्थामा कृयाशिल सदस्य सुनिल बाबू खड्काले समाज अन्य सस्थां भन्दा व्यवस्थित रुपमा अगाडि बढ्नु पर्नेमा जोड दिए।