८ बैशाख २०८१, शनिबार
Follow Us

बिएमडब्लुको लापरवाहीले नारायण गुरुङको मृत्यु भएको खुलासा

नेपालब्रिटेन डट कम्
२६ बैशाख २०७५, बुधबार २२:०१

लन्डन । सन् २०१६, डिसेम्बर महिनामा कर दुर्घटनामा मारिएका नारायण गुरुङको मृत्यु बिएमडब्लु कारमा भएको प्राविधिक कमजोरीको कारणले भएको खुलासा भएको छ । गुरुङको निधन पछि बिबिसी वाचडगले गरेको एक अनुसन्धान पछि तिन लाख बिएमडब्लु एक्स वानमा इलेकट्रोनिक फाल्ट देखीएको हो ।

सन् २००७ देखि २०११ सम्म निर्माण भएका ति कारहरु बजारबाट फिर्ता लिने बिएमडब्लुले घोषणा गरेको छ ।

गुरुङले चलाए कारले अल्डरशट स्थित एक रोड नजिकको रुखमा ठोकिए पछि उनको घटना स्थलमा मृत्यु भएको थियो । उनी स्थानीय अस्पतालमा कार्यरत थिए । गुरुङले सक्रियतामा नेपालमा गएको भुकम्प पिडितको लागि करिब १५ लाख रुपयाँ संकलन गरेका थिए ।