१५ चैत्र २०८०, बिहीबार
Follow Us

कोलकाताविरुद्ध मुम्बाइको सहज जीत

नेपालब्रिटेन संवाददाता
२७ बैशाख २०७५, बिहीबार ०५:१५

कोलकाता । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अन्तरगत बुधबारको खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइटराइडर्सलाई १०२ रन ले हराएको छ । कोलकातामा भएको यस खेलमा केकेआरका कप्तान दिनेश कार्तिकले टस जितेर पहिले फिल्डिङ रोजेका थिए । पहिले ब्यािटङको निम्तो पाएको मुम्बईले निर्धा्रित २० ओभरमा ६ विकेट गुमाउँदै २१० रनको स्कोर खडा गरेको थियो ।

मुम्बईका लागि इशान किशनल् उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाए । उनले मात्रै २१ बलमा ५ चौका र ६ छक्काको सहयोगले ६२ रन बनाएका हुन् । त्यस्तै मुम्बईका लागि रोहित शर्मा र सूर्यकुमार यादवले ३६–३६ रनको योगदान दिए ।

कोलकाताका लागि पियुश चावलाले ३ विकेट लिए भने सुनिल नारायण, टिम कुर्रन तथा प्रसिद्ध कृष्णले. समान एक–एक विकेट लिए । २११ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको कोलकाताका कुनै पनि ब्याट्सम्यान जम्न सकेनन् । कोलकाताले १८ ओभर १ बलमा आफ्नो सबै विकेट गुमाउँदै १०८ रन बनाउन सक्यो ।

कोलकाताका लागि क्रिस लिन तथा नीतीश राणाले २१–२१ रन बनाउँदा रोबिन उथप्पाले १४ रन बनाए । कोलकाताका सुनिल नारायण तथा आन्द्रे रसेलले बुधबारको खेलमा आफ्नो खेल देखाउन सकेनन् ।

मुम्बईका लागि हार्दिक पाण्ड्या तथा क्रुणाल पाण्ड्याले उत्कृष्ट बलिङ गर्दै समान २–२ विकेट लिए । हार्दिकले ३ ओभर बलिङ गर्दै १६ रन दिएर २ विकेट लिएका थिए । त्यस्तै क्रुणालले ३.१ ओभर बलिङ गर्दै १२ रन खर्चेर २ विकेट लिए । बुधबारको खेलपछि मुम्बई इन्डियन्स अंकतालिकाको चौथो स्थानमा पुगेको छ ।

आईपीएलको अंकतालिकामा सनराइजर्स हैदराबाद १६ अंकसहित शीर्ष स्थानमा रहेको छ । १४ अंकसहित चेन्नई सुपर किंग्स दोस्रो स्थानमा रहेको छ भने किंग्स इलावेन पञ्जाब १२ अंकसहित तेस्रो स्थानमा रहेको छ । कोलकाता नाइटराइडर्स भने १० अंक भए पनि रनरेटका आधारमा पाँचौ स्थानमा रहेको छ ।