७ बैशाख २०८१, शुक्रबार
Follow Us

सुन तस्कर अभियुक्तको पक्षमा बहस गर्न ८० वकिलको ताँती

नेपालब्रिटेन संवाददाता
२७ बैशाख २०७५, बिहीबार १५:११

विराटनगर । साढे ३३ केजी सुन तस्करी र त्यससँग सम्बन्धित सनम शाक्य हत्या प्रकरणका अभियुक्तहरुको जिल्ला अदालत मोरङमा बिहीबारदेखि थुनछेक बहस सुरू भएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा बहस सुरु भएको हो । सो मुद्दामा ८ जना सरकारी वकिलको टिम रहेको छ ।

पहिलो दिन तीनजना सरकारी वकिलले बहस गरेका छन् । जसमा सहन्यायाधिवक्ता गोपाल रिजाल, जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठक, उच्च अदालतका निमित्त सहन्यायाधिवक्ता मनोज आचार्यले बहस गरेका थिए ।

अरु पाँचजना वकिलले शुक्रबार बहस गर्ने जिल्ला अदालत मोरङले जनाएको छ । सरकारी वकिलको बहसपछि प्रतिवादीतर्फका कानुन व्यवसायीहरुको बहस गर्ने जिल्ला अदालत मोरङका स्रेस्तेदार नवराज दुलालले जानकारी दिए । प्रतिवादीको तर्फबाट बहसका लागि ७९ जनाले कानुन व्यवसायीले नाम दर्ता गराएका छन् ।