८ बैशाख २०८१, शनिबार
Follow Us

मोदी होइञ्जेल जनकपुरमा मास्क लगाउन नपाइने

नेपालब्रिटेन संवाददाता
२७ बैशाख २०७५, बिहीबार १५:२३

जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आएका बेला जनकपुरमा मास्क लगाएर हिँड्न निषेध गरिएको छ । जिल्ला प्रहरी कार्यालयले जानकी मन्दिर, बाह्रविघा मैदानको १०० मिटर क्षेत्र र जनकपुर विमानस्थलदेखि बाह्र विघा मैदानको सडक छेउछाउमा धारिलो वस्तु, हेलमेट, झोला, पोका र मास्क लगाएर हिँड्न निषेध गरेको हो ।
मोदीको भ्रमण कार्यक्रमलाई दृष्टिगत गरी वैशाख २८ गते बिहान १० बजेदेखि हेलमेट, झोला, पोका र मास्क लगाउन प्रतिबन्ध गरिएको प्रहरीले सूचना निकालेर जानकारी दिएको छ । मोदीको नागरिक अभिनन्दन हुने ठाउँ बाह्रविघा मैदानमा पनि हेलमेट र मास्क लगाएर नजान आग्रह गरिएको छ ।

पटनाबाट सोझै जनकपुर आउने मोदी भोली नै काठमाडौं आउनेछन् भने पर्सी मुक्तिनाथ मन्दिर जाने कार्यक्रम छ । नेपाल आउनु अघिल्लो दिन ट्वीट गर्दै मोदीले आफ्नो नेपाल भ्रमणले नेपालसँगको सम्बन्धलाई भारतले उच्च प्राथमिकतामा राखेको प्रष्ट हुने बताउनुभएको छ् । उहाँले लुख्नुभएको छ ‘द्वीपक्षीय सहयोगलाई अझ व्यापक बनाउन प्रधानमन्त्री ओलीसँग विस्तृत कुराकानी गर्नेछु ।’

नयाँ संविधान जारी भएपछि नेपाल लोकतन्त्रलाई अझ बलियो बनाउने र आर्थिक विकास हासिल गर्ने नयाँ चरणमा प्रवेश गरेको भन्दै मोदीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अवधारणा भारत दृढ सहयोगी हुने बताउनुभएको छ ।