१२ बैशाख २०८१, बुधबार
Follow Us

नेपालीको स्वाभिमान सगरमाथा भन्दा पनि उच्चः प्रधानमन्त्री मोदी

नेपालब्रिटेन संवाददाता
२८ बैशाख २०७५, शुक्रबार १०:२२

धनुषा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोेदीले नेपालीको स्वाभिमान सगरमाथा भन्दा उच्च रहेको बताउनु भएको छ । उहाँले माता सीता र भगवान गौतम बुद्धले जन्म लिएको भूमि नेपाल संसारमा नै सम्मानित रहेको बताउनुभयो । जनकपुर उपमहानगरपालिकाले आफ्नो सम्मानमा आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतको सम्बन्ध सागर भन्दा गहिरो रहेको बताउनु भयो ।

उहाँले नेपाल र भारतको सुख र दुःख समान रहेको बताउदै नेपाल र भारतको इच्छा र आकांक्षा पनि समान भएको बताउनु भयो । उहाँले नेपालमा तीन तहको निर्वाचन सम्पन्न गर्नु महत्वपूर्ण सफलता भएको बताउँदै स्थायी सरकारका लागि नेपाली जनताले दिएको जनादेशको भारत सरकारले सम्मान गरेको बताउनुभयो ।

उहाँले माओवादी केन्द्रप्रति लक्षित गर्दै युद्द छोडेर बुद्ध रोज्ने विषय ठूलो भएको बताउदै लोकतन्त्र भन्दा ठूलो शक्ति कुनै नरहेको पनि प्रष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपाली अवधारणालाई भारत सरकारको शुभकामना रहेको बताउदै नेपाल र भार अब सडक, जल , जमिन, आकाश र अन्तरिक्षबाट जोडिने चर्चा पनि गर्नुभयो ।

उहाँले नेपाली भाषीको संख्या भारतमा ठूलो रहेको बताउदै नेपाली भाषा भारतको संविधानमा नै उल्लेख गरिएको बताउनु भयो । उहाँले जनकपुर विना अयोध्या पूरा नहुने बताउदै नेपाल विना राम पनि अधुरो रहने बताउनुभयो । साथै मोदीले जनकपुर र आसपासका क्षेत्रको विकासका लागि १०० करोड सहायता दिने घोषणासमेत गरेका छन् ।