६ बैशाख २०८१, बिहीबार
Follow Us

केकेएफसीमा चिकन मेला : हरेक शुक्रबार चिकन बकेट ९९९ रुपैयाँमै

नेपालब्रिटेन संवाददाता
२८ बैशाख २०७५, शुक्रबार १५:२३

काठमाडौं । क्रिस्पी, क्रन्ची चिकेन पाइने नेपालकै एकमात्र रोबोर्ट रेष्टुरेन्ट केकेएफसीले अब हरेक शुक्रबार आफ्ना ग्राहकहरुकोलागि अन्य दिनभन्दा करिब आधा सस्तोमा एक बकेट चिकन र एउटा फ्राइज उपलब्ध गराउने भएको छ । न्युरोडको पिपुल्स प्लाजामा रहेको रोबर्ट सर्भिस रेष्टुरेन्ट

केकेएफसीले अन्य दिन १९७० रुपैयाँ पर्ने एक बकेट चिकन (९पिस) र एउटा फ्राइज हरेक शुक्रबार ९९९ रुपैयाँमै उपलब्ध गराउने जनाएको छ ।
त्यसैगरी केकेएफसी रेष्टुरेन्टले त्यहाँ आउने सम्पूर्ण ग्राहकहरुलाई आफ्नो मिठो स्वादको साथै रोबर्ट सर्भिसको आनन्द दिने उद्देश्यले हरेक शुक्रबारका दिन जम्मा ९९९ मा एक बकेट चिकनका साथै एउटा फ्राइज पनि दिने अफर जारी गरेको रेष्टुरेन्टका संचालक रञ्जित साहले जानकारी दिए ।

संचालनमा आएको ६ महिनामै केकेएफसी लोकप्रिय ब्रान्डको रुपमा स्थापित भएको छ । न्युरोडको पिलुल्स प्लाजामा स्थित केकेएफसी यस्तो रेष्टुरेन्ट हो जहाँ रोबोटले खानाको अर्डर लिने र रोबोटले नै टेबुलमा खाना ल्याएर दिने व्यवस्था गरिएको छ । यस किसिमको रेष्टुरेन्ट नेपालकै पहिलो हो ।
विगत एक दशक देखि रेष्टुरेन्ट व्यवसायमा संलग्न रन्जित साहले संचालक गरेको केकेएफसी रेष्टुरेन्टले फास्ट फुड कुजिन अन्तर्गत क्रिस्पी फ्राईड चिकेन, ग्रिल्ड चिकेन, बर्गर र हटडक लगायतका परिकारहरु पस्किदै आएको छ ।

साहका तीन दाजुभाईहरुको संयूक्त प्रयासले रोबोट प्रविधि जडित रेष्टुरेन्टलाई नेपालमा सम्भव तुल्याएको हो । अन्य मुलुकहरुमा रोबोट प्रविधि जडित रेष्टुरेन्ट सञ्चालनमा आइसकेपनि नेपालको लागि भने यो पहिलो र नौलो हो ।

ग्राहकहरुलाई छिटो र छरितो सर्भिस दिन सकियोस र नयाँ अनुभव पनि हासिल होस भन्ने उद्देश्यले रोबोट जडित रेष्टुरेन्ट संचालनमा ल्याएको साहले बताए । केकेएफसीले अब चाडै नै काठमाडौंको मैतिदेवीमा शाखा विस्तार गर्ने तयारी गरेको छ । अब चाडै नै मैतिदेवीमा शाखा विस्तार गर्ने संचालक साहले जानकारी दिए ।