२९ बैशाख २०८१, शनिबार
Follow Us

३३ किलो सुनः थुनछेक बहस सकियो

नेपालब्रिटेन संवाददाता
२८ बैशाख २०७५, शुक्रबार १५:३८

विराटनगर । सुन तस्करी प्रकरण र सनम शाक्य हत्याकाण्डका अभियुक्तबारे जिल्ला अदालत मोरङमा जारी थुनछेक बहस सकिएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भित्रिएको साढे ३३ किला सुन र सनम हत्या काण्डमा संलग्न ६३ जनाविरुद्ध चलाइएको मुद्दामा वादीको तर्फबाट सरकारी वकिलहरुको बहस आज बाट सकिएको हो । जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा मुद्दाको पक्षमा ७ जना सरकारी वकिलहरुले विहीवार र शुक्रबार बहस गरेका थिए । प्रतिवादीका तर्फबाट आइतबारदेखि बहस सुरु हुने जिल्ला अदालत, मोरङले जनाएको छ ।