७ बैशाख २०८१, शुक्रबार
Follow Us

भारतका प्रधानमन्त्री मोदीको राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेट

नेपालब्रिटेन संवाददाता
२८ बैशाख २०७५, शुक्रबार १५:५७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शिष्टाचार भेट गरेका छन् । नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका मोदीले शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवास पुगी राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् ।

सो अवसरमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री मोदीबीच दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । भेटका अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपाल सरकार तथा भारत सरकारका उच्चपदस्थ अधिकारीहरुसमेतको उपस्थिति थियो ।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री मोदीले आज साँझ शिष्टाचार भेट गर्नुभएको छ ।
उपराष्ट्रपति कार्यालय बहादुर भवनमा उहाँहरुबीच भएको भेटवार्तामा नेपाल–भारत सम्बन्ध, आपसी हित र द्विपक्षीय चासोका बारेमा छलफल भएको छ ।

उपराष्ट्रपति पुनले दुई देशबीचको उच्चस्तरीय भ्रमणले सम्बन्धमा उच्च विकास र भावनात्मक रुपमा निकटता ल्याउने काम गरेको बताउँदै नेपाल राजनीतिक रुपमा स्थायित्व हासिल गर्दै समृद्धिको मार्गमा अगाडि बढिरहेकाले नेपालको समृद्धिमा भारत सधैँ सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।