१४ बैशाख २०८१, शुक्रबार
Follow Us

भारतीय प्रम मोदीबाट मुक्तिनाथमा पूजा

नेपालब्रिटेन संवाददाता
२९ बैशाख २०७५, शनिबार ०५:५९

मुस्ताङ । नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान मुक्तिनाथ मन्दिरमा विशेष पूजाआजा गर्नुभएको छ । प्रधानमन्त्री मोदीलाई पुजारी कृष्णप्रसाद सुवेदी र झुमा कर्साङ गुरुङले मन्दिरभित्र करीब २० मिनेट पूजा गराउनुभएको थियो । भारतीय प्रधानमन्त्रीले षोडषोपचार विधिबाट पूजा गर्नुभएको थियो । भारतीय प्रधानमन्त्री करीब डेढ घण्टा मुक्तिनाथ क्षेत्रमा रहनुभएको थियो । उहाँ आज बिहान पूजार्चनाका लागि विशेष हेलिकप्टरबाट यहाँ आउनुभएको थियो । उहाँ आजै बिहान काठमाडौँ फिर्ता हुनुभएको छ ।