१५ बैशाख २०८१, शनिबार
Follow Us

हिलिहाङ महोत्सव सम्पन्न

नेपालब्रिटेन संवाददाता
२९ बैशाख २०७५, शनिबार ०६:१९

पाँचथर । ‘कृषि, उर्जा पर्यटन र व्यापार समृद्व हिलिहाङ निर्माणको आधार’ भन्ने नाराका साथ पाँचथरको हिलिहाङ गाउँपालिकामा संचालित महोत्सव सम्पन्न भएको छ । महोत्सवको १५ हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् । महोत्सवका संयोजक हिलिहाङ गाउँपालिका प्रमुख भुवानी प्रसाद लिङदेनले गाउँपालिकाभित्र रहेका ऐतिहासिक, पर्यटकीय तथा धार्मिक स्थलहरुलाई प्रचारप्रसार गर्न आफूहरु सफल भएको बताए । महोत्सवमा स्थानीय उत्पादन, लोपोन्मुख हस्तकलाका सामाग्रीहरु, जडीबुटी, जातीय भेषभूषा, खानाका परिकारका साथै हिलिहाङका ऐतिहासिक र पर्यटकीय क्षेत्रको फोटो प्रदर्शनी गरिएको थियो ।