१२ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएन क्षेत्रिय सम्मेलनमा मनपरी खर्च

नेपालब्रिटेन डट कम्
१७ भाद्र २०७३, शुक्रबार १२:५६

काठमाण्डौं । गैरआवासीय नेपाली सँघको आइतवार सम्पन्न क्षेत्रिय सम्मेलनको खर्च विवरण सार्वजानिक गरिएको छ ।
बिहिबार न्युयोर्कको ज्याक्सनहाइटमा रहेको हिमालयन याक रेष्टुरेण्टमा आयोजित पत्रकार भेटघाटमा सम्मेलनका संयोजक एवं एनआरएन आईसीसीका तर्फबाट अमेरिका क्षेत्रका संयोजक सोनाम लामाले प्रस्तुत गरेको आम्दानी र खर्चको विवरणमा मनपरी खर्च गरेको देखिएको छ । सम्मेलनबाट गैरआवासीय नेपाली सँघको भवनका लागि करिब २ करोड रुपैयाँ संकलन भए पनि आयोजकले बिभिन्न शिर्षकमा मनपरी खर्च गर्दा ९२ हजार २ सय ७८ डलर २४ सेन्ट बचत देखाएको छ ।

लामाले हस्ताक्षर गरेको वक्तब्य एनआरएन आईसीसीका प्रवक्ता रञ्जु वाग्लेले पढ्दै सम्मेलनका लागि कुल खर्च १ लाख ५१ हजार ४ सय ५२ डलर ६ सेन्ट खर्च भएको जानकारी दिइन् । सम्मेलनको कुल आम्दानी २ लाख ४३ हजार ७ सय ३० डलर ३० सेन्ट रहेकोमा सबै खर्च घटाउँदा ९२ हजार २ सय ७८ डलर २४ सेन्ट बचत भएको र सो रकम काठमाडौंमा एनआरएनएको भवन निर्माणका लागि पठाइने पत्रकार भेटघाटमा जानकारी दिइयो ।

होटल, अतिथि, डिजाइन, स्टेज डेकोरेशनमा अतिरिक्त खर्च गरिएको छ । सम्मेलनमा भाग लिन आएका प्रतिनिधीहरुले आफ्नै खर्चबाट होटल बुकिंगको समेत खर्च देखिएको छ । सम्मेलनको लागि प्रमुखअतिथि पूर्वसभामुख सुभाव नेग्वाङका लागि आयोजकले २१ ह्जार १ सय ४४ डलर ५० सेन्ट खर्च देखाएका छन् । अध्यक्ष शेष घलेको ब्यक्तिगत निमन्त्रणामा आएका दुई पत्रकारको खर्च समेत संस्थाले बेहोर्दा ठूलो राशी खर्चिएको छ ।

अतिथि र अतिथि सत्कारको दुई शिर्षकमा खर्च गरेको देखीएको छ । हिल्टन होटलमा आयोजित सम्मेलनको स्टेज डेकोरेशनमा मात्र ६ हजार ७ सय ५५ डलर खर्चिएको छ ।
त्यस्तै खर्च तर्फ लन्च, डिनर, ब्रेकफास्टमा ७१ हजार ३ सय ४५ डलर ४ सेन्ट र होटेलरुमका लागि ६ हजार ६ सय ७५ डलर ८८ सेन्ट गरी ७८ हजार २० डलर ९२ सेन्ट खर्च गरिएको छ ।
त्यस्तै साउण्ड लाइट, प्रिजेन्टेशनमा १० हजार २ सय डलर, स्टेज डेकोरेशनमा ६ हजार ७ सय ५५ डलर, भिडियोग्राफी, प्रोजेक्टर, प्रिन्ट र डिजाइनमा ८ हजार ९ डलर, फोटोग्राफीमा ११ सय डलर गरी २६ हजार १ सय ४४ डलर खर्च गरिएको छ । नेपालबाट अतिथि ल्याउँदागरी लजिस्टिक, प्रिन्ट र सामानमा २१ ह्जार १ सय ४४ डलर ५० सेन्ट खर्च गरिएको छ ।

त्यस्तै स्थानीय यातायातमा ५ हजार ४ सय ९ डलर ९९ सेन्ट, कलाकारलाई पारिश्रमिकमा ५६ सय डलर, विविध खर्चमा २ हजार डलर, कार्यालय खर्चमा १९ सय ९३ डलर ९३ सेन्ट, पत्रकार भेटघाटमा १७ सय ४८ डलर १७ सेन्ट, खेलकुदमा १६ सय ६७ डलर ७४ सेन्ट, वेवसाइट अपडेटमा १५ सय डलर, प्रिन्ट खर्चमा १४ सय ७२ डलर १४ सेन्ट, विज्ञापनमा १२ सय ५० डलर, मास्टर अफ सेरेमोनीमा १२ सय ५० डलर, अतिथि सत्कारमा ७ सय डलर, स्वयम्सेवकका लागि ६ सय ४९ डलर ६६ सेन्ट, सोभिनियरमा ४ सय १२ डलर १ सेन्ट र सुरक्षामा ४ सय डलर गरी २६ हजार १ सय ४२ डलर ६४ सेन्ट खर्च गरिएको छ ।

आम्दानी तर्फ स्पोन्सरहरुका तर्फबाट २ लाख १२ हजार ५१ डलर र रजिस्ट्रेशनबाट ३१ हजार ६ सय ७९ डलर ३० सेन्ट गरी २ लाख ४३ हजार ७ सय ३० डलर ३० सेन्ट संकलन भएको छ ।

२ सय ५ जना सम्मेलनमा सहभागीहरुले २ सय डलर तिरेर आफ्नो नाम दर्ता गरेका थिए भने करिब ४ सय जनाले खाना आएको विवरण प्रस्तुत गरिएको थियो ।

बाहेकका व्यक्तिले रजिस्ट्रेशन नै नगरी विना शुल्क कार्यक्रममा सहभागी भएका कारण कुल खर्चको ३० प्रतिशत भन्दा धेरै खर्च खानामा देखिएको भन्दै आयोजकले आफ्नो बचाउ गरेका छन् ।