१३ बैशाख २०८१, बिहीबार
Follow Us

आईपिएल डेब्युमा सन्दिप लामिछानेको प्रभावशाली प्रदर्शन

नेपालब्रिटेन संवाददाता
३० बैशाख २०७५, आईतवार ०४:३८

काठमाडौं । सन्दिप लामिछानेले आईपिएल डेब्युमा प्रभावशाली बलिङ गरे । दिल्ली डेभिलियर्सबाट खेलेका सन्दिपले रोयल च्यालेन्जर्स बंगलोर (आरसीबी) का ओपनर ब्याट्सम्यान पार्थिप पटेललाई एलबीडब्लुको धरापमा पारेका थिए । उनले ४ ओभरमा २५ रन दिएर एक विकेट लिए । उनले उनको इकोनोमि ६ दशमलब २५ रह्यो ।

उनको इनिङमा २ चौका र एक छक्का रह्यो । एबिडी भिलियर्सले सन्दिपलाई एक छक्का हाने भने बिराट कोहली र पार्थिब पटेलले एक–एक चौका हानेका थिए । आक्रामक ब्याटिङ गरेका ब्याट्स्मानले पनि सन्दिपको बलमा खुलेर खेल्न सकेनन् ।
दोश्रो ओभरमा उनले कोहलीलाई बलिङ गरेका थिए ।

कोहलीले यो बलमा कुनै रन लिन सकेनन । दोश्रो बलमा कोहलीले १ रन लिए । तेश्रो बलमा पटेलले चौका हाने । चौथो बलमा सन्दिपले विकेट लिए । सन्दिपले पाँचौ र छैटौ बलमा एबिडि भिल्लिएर्सलाई बलिङ गरेका थिए । सन्दिपका दुई बलमा डि भिलिएर्सले कुनै रन लिन सकेनन ।

भारतीय कमेन्टेटरले सन्दिपको खुलेर प्रशंसा गरेका थिए । सन्दीपले विकेट लिँदा नेपालमा अब भोज चल्छ भन्दै १७ वर्षीया सन्दिपको क्रिकेटमा राम्रो भविष्य भएको कमेन्टेटरले बताएका थिए ।