१५ चैत्र २०८०, बिहीबार
Follow Us

पत्रकार महासंघ यूके शाखामा को–कसले उम्मेदवारी दर्ता गराए

नेपालब्रिटेन संवाददाता
३० बैशाख २०७५, आईतवार १४:४३

लन्डन । पत्रकार महासंघ यूके शाखाको आज आइतबार नयाँ नेतृत्व छनोटका लागि निर्वाचन भइरहेको छ । निर्वाचन समितिमा उम्मेदवारहरुले आफ्नो नाम मनोनय गराइसकेका छन् । जसमा ध्रवराज अर्याल र नरेश अपांगी मगरले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा दिनेशकुमार परियार र श्याम लुइटेलले उम्मेदवारी परेको छ । उपाध्यक्षमा खेमराज रानाभाट र लीलामान सेयरपुजा तथा महासचिवमा नरेन्द्र बस्नेत, सञ्जयबहादुर कडेल, विमला सेन र खुशीमान तावा लिम्बुले उम्मेदवारी दर्ता गराएका छन् ।

सचिवमा शिव भण्डारी, जग्गनाथ कार्कीको नाम परेको छ । कोषाध्यक्षमा पूर्णबहादुर गुरुङ र सिद्धार्थबहादुर क्षेत्रीले उम्मेदवारी दर्ता गराएका छन् । सहकोषाध्यक्षमा भने रोशन ‘विनोद’ को मात्र उम्मेदवारी परेको छ ।

यस्तै सदस्यहरुमा बोमबहादुर थापा, नरेश काङवाङ राई, सुरेन्द्र इंगनाम, तीर्थबहादुर मल्ल, गणेश खड्का, मञ्जु भण्डारी खरेल, विश्वदिप लिम्बु ‘तिगेला’ नरेन्द्रराज नेम्वाङ र जीवन सेनको उम्मेदवारी परेको छ ।