६ बैशाख २०८१, बिहीबार
Follow Us

दिनेशको निर्देशनमा ‘मैले कहाँ…’ (भिडियोसहित)

नेपालब्रिटेन डट कम्
१८ भाद्र २०७३, शनिबार ०२:५६

काठमाडौं । उनी नृत्य कोरियोग्राफीमा बढी रुचि राख्छन् र उद्देश्य पनि एक कुसल कोरियोग्राफरका रुपमा चिनिनु हो । तर, उनी कोरियोग्राफरमै मात्र सिमित छैनन्, म्युजिक भिडियो निर्देशनमा पनि उत्तिकै व्यस्त हुँदै आएका छन् । हो, उनी अर्थात् दिनेश माङ्मु लिम्बू केही समययता म्युजिक भिडियो निर्देशनमा व्यस्त हुँदै आएका छन् । दिनेश भन्छन्, ‘मेरो उद्देश्य त कोरियोग्राफरका रुपमा चिनिनु हो । तैपनि साथीहरुको अनुरोधमा भिडियो पनि निर्देशन गर्दै आएको छु ।’
२०६४ सालमै नेपाली चलचित्र ‘माटो’मा कोरियोग्राफी गरेपछि यस क्षेत्रमा हौसिएका दिनेशले हालसम्म डेढ दर्जनभन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेका छन् भने दुई दर्जनभन्दा बढी चलचित्रमा कोरियोग्राफी । यसरी चलचित्रमा नृत्य कोरियोग्राफी गर्दै आएका दिनेश निर्देशित एक म्युजिक भिडियो रिलिज गरिएको छ ।
अहिलेका चर्चित गायक दीपक लिम्बूको स्वर रहेको ‘मैले कहाँ…’ बोल गीतको भिडियो रिलिज गरिएको हो । पुर्वको धरान तथा झापाका छायांकन गरिएको यो भिडियो निकै सुन्दर बनेको छ । सुनिता जबेगु राईको शब्द तथा भक्त सुनुवारको संगीत रहेको यस गीतको भिडियोमा गीतकार सुनिता र कपिल लिम्बूले अभिनय गरेका छन् । यस भिडियोलाई युमा आर्टस्ले यु–ट्युबमार्फत सार्वजनिक गरेको हो ।
प्रथम नेपाली तारासमेत रहेका गायक दीपक लिम्बूको यस गीतको भिडियोलाई दर्शक तथा श्रोताले रुचाउँछन् भन्ने अपेक्षा भिडियोका निर्देशक एवं कोरियोग्राफर दिनेशको अपेक्षा छ । यसअघि पनि दिनेशले निर्देशन गरेका केही भिडियो चर्चित छन् । तीमध्ये गायिका अञ्जु पन्तको ‘तिम्रो मनको माझ…’ गीत तथा भिडियोले निकै चर्चा पाएको थियो ।
नेपाली लगायत दिनेशले लिम्बू भाषाका पनि थुप्रै गीतको भिडियोमा निर्देशन गरिसकेको बाताए । ‘मैले कहाँ’ गीतको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।