७ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाली साहित्य विकास परिषद यूकेको नयाँ कार्यसमिति गठन (फोटो फिचरसहित)

नेपालब्रिटेन संवाददाता
३१ बैशाख २०७५, सोमबार ०९:३६

लण्डन –बेलायत स्थितनेपालीहरुको जेठो साहित्यिक संस्थानेपाली साहित्य विकास परिषद यूके(१९९५)को २३औँ साधारण सभाले आगामी२ बर्षका लागि एघारौ कार्य समितिकोगठन गरेकोछ । वयस्ट लण्डन, एक्टन स्थित  एबीआई कलेजको समारोह हलमा बसेको परिषद्को२३औ वार्षिक साधारण सभाले कोमल श्रेष्ठ मल्लको अध्यक्षतामा १३ सदस्यीय एघारौ कार्य समितिको निर्वाचन सम्पन्नगरेको हो ।

यस अघि ३० अप्रिलबाटथालनिभएको निर्वाचन प्रक्रियामा निर्विरोधउम्मेद्वारी परेको जानकारी दिनुहुदै निर्वाचनसमितिका प्रमुख कृष्ण भट्टले निर्विरोध निर्वाचित पदाधिकारीहरुको नाम साधारण सभामा घोषणा गर्नु भएको थियो ।

नव निर्वाचित अन्य पदाधिकारीहरुमा वरिष्ठ सहअध्यक्षमा ध्रुब केसी,सहअध्यक्षहरुमा डा.गोपाल पौड्याल,गोकुल भण्डारी,रेशमअर्याल हुनुहुन्छ भने उपाध्यक्षहरुमा बाचस्पति रेग्मी, डा.सुधा श्रेष्ठ बसन्त रायक्षेत्री हुनुहुन्छ ।यसैगरी महासचिवमा वीरेन्द्र कुवँर र कोषाध्यक्षमा मनोज अन्जान रहनु भएकोछ भने कार्यकारिणी सदस्यहरुमा हरि केसी, डम्बर सिंह र कल्पना आङ्बुहाङ हुनुहुन्छ।

यसैगरी परिषदको अधिकारसम्पन्न ९ सदस्यीय सल्लाहकार समितिको वरिष्ठ सल्लाहकारमा डा.राघव प्रसादधिताल र सल्लाहकारहरूमा परिषदका संस्थापक तथा निवर्तमान अध्यक्ष सुरेशजंग शाह, पूर्व अध्यक्षहरू हरिसिँह थापा र खगेन्द्र नेपाली, मदन थापा,घन बहादुरथापा मगर, कृष्ण भट्ट, सोलिसिटर राजुथापा र कमल भण्डारी चयन हुनुभएको छभने बेलायतका लागि नेपाली राजदूत पदेन संरक्षक रहने वैधानिक व्यवस्था रहेको छ ।

परिषदको साधारण सभालाई सम्वोधन तथा निर्वाचित पदाधिकारीहरूलाई वधाई ज्ञापन गर्नु हुँदै परिषदका पदेन संरक्षक महामहिम राजदूत वरिष्ठ साहित्यकार डा. दुर्गा बहादुर सुवेदीले वेलायतमा नेपाली साहित्यको इतिहास बोकेको नेपाली साहित्य विकासपरिषदले उदाहरणिय कार्यहरू गरिरहेकोआफूले पाएको र नव निर्वाचित कार्यसमितिले अँझ बढाएर लैजाने विस्वास ब्यक्त गर्नुभयो ।
सुभकामना मन्तव्य दिने अन्य वक्ताहरूमा परिषदका संस्थापक तथा निवर्तमान अध्यक्ष सुरेश जंग शाह, पूर्व अध्यक्ष द्वय हरिसिँह थापा ,खगेन्द्र नेपाली र सल्लाहकार तथा कासेली संस्थापक अध्यक्ष मदन थापा हुनुहुन्थ्यो भने नवनिर्वाचित अध्यक्ष कोमल प्रसाद श्रेष्ठमल्ल र प्रमुख निर्वाचन अधिकृत कृष्णभट्टले सम्वोधन गर्नु हुँदै सहभागिता र सहयोगका लागि धन्यवात ज्ञापन गर्नु भएको थियो भने स्वागत भाषण उपाध्यक्ष बाचस्पति रेग्मीले गर्नु भएको थियो ।

यस अघि प्रथम चरणको सभामा महासचिव डा.सुधा श्रेष्ठले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्षको तर्फबाट वरिष्ठ सहअध्यक्ष कोमल श्रेष्ठ मल्लले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन माथि आवस्यक छलफलपछि पारित गरिएको थियो ।
सभामा प्रमुख अतिथि परिषदका संरक्षक महामहिम राजदूत डा.दुर्गा बहादुर सुवेदीबाट कवि साहित्यकार हरिसिँह थापाको “लण्डनदेखि चार धाम सम्म“ यात्रा संस्मरण पुस्तकको लोकार्पण गर्नुका साथै श्रीहरिसिँह थापालाई नम्रताको कार्डिगन कथासंग्रहका लागि प्रदान गरिएको एन एल डिसि साहित्य पुरस्कार पदकबाट पनि सुशोभन गर्नु भएको थियो ।

दुई चरणमा रहेको उक्त साधारण सभामा प्रथम चरणको सभापतित्व परिषदका संस्थापक तथा निवर्तमान हुनलाग्नु भएका अध्यक्ष सुरेश जंग शाहले र महासचिव डा.सुधा श्रेष्ठले संचालन गर्नुभएको थियो भने दोस्रो चरणको अध्यक्षता प्रमुख निर्वाचन अधिकृत कृष्ण भट्टले र संचालन नव निर्वाचित महासचिव वीरेन्द्र कुवरले गर्नु भएको थियो ।
– कोमल मल्ल