६ चैत्र २०८०, मंगलवार
Follow Us

मन्त्रि लालवाबुलाई एमाले सांसद डा.पाठकको चुनौति

नेपालब्रिटेन डट कम्
१ जेष्ठ २०७५, मंगलवार ११:०९


डा.सूर्य पाठक, सांसद

एमाले सांसद डा.सूर्य पाठकले सरकारले युवा पलायन रोक्नेबारे गम्भीर हुनुपर्ने औंल्याएका छन्। सोमबार संसदलाई सम्बोधन गर्दै उनले श्रमिको ज्यालानीतिमा व्यापक सुधार हुनुपर्ने धारणा राखे। उनले सरकारका एम मन्त्रि लालवाबु पण्डितले विदेशमा बस्ने नेपाली दिएको अभिव्यक्ति विपरीत गैरआवासीय नेपालीहरुलाई देश निमार्णको मूलधारमा ल्याउनु पर्नेमा जोड दिए ।

‘आज हाम्रा थुप्रै प्रतिभा बाहिरिएको अवस्था छ। बाहिरिने क्रममा छन्। शिक्षित, इनर्जेटिक, मेहनती मानसंशाधन बिना समृद्धितर्फको यात्रा अघि बढ्न सक्दैन’, उनले संसदमा भने, ‘प्रवासी नेपालीलाई विकासमा साझेदार बनाउनुपर्छ।’

डा. पाठकले संसदमा पेश गरेका ४ बुँदा जस्ताको तस्तैः

१. वैज्ञानिक भूमिसुधार नीतिको तय गरी कडाइका साथ लागू गर्ने कुरालाई सरकारले प्राथमिकतामा राखोस्। हामीले डरलाग्दो रूपमा रहेको व्यापार घाटा कम गर्न आन्तरिक उत्पादनमा विशेष जोड दिने कुरा गरेका छौँ, कृषि को आधुनिकीकरण र ब्यासायीकरण गर्दै खाद्यान्नमा पूर्ण रुपमा आत्मनिर्भर हुने कुरा गरेका छौँ तर भूमि उपयोगको स्पष्ट नीति तय नगरेसम्म यो लक्ष्य प्राप्त गर्ने कुरा कठिन छ। वैज्ञानिक भूमिसुधारको नीति अवलम्बन गरी त्यसलाई कडाइ का साथ लागू गर्न सरकारको ध्यानाकर्षण गराउँदछु। भूमिको वर्गीकरण गर्ने, भूमिको खण्डीकरण तत्काल रोक्न र जग्गा बाँझो राख्न नपाउने जस्ता नीतिहरु तत्काल अवलम्बन गर्नुपर्ने देखिन्छ।

२. ब्रेन ड्रेनलार्इ रोक्न सरकारले आवश्यक नीतिहरु ल्याओस। आज हाम्रा थुप्रै प्रतिभाहरु बाहिरिएको अवस्था छ। बाहिरिने क्रम जारी छ। शिक्षित, इनर्जेटिक, मेहनति मानव शंसाधन बिना समृद्धि यात्रा द्रुत गतिमा अगाडि बढाउन कठिनाइ छ। यो सच्याइलाई आत्मसात् गर्दै हामीले हाम्रा ब्रेनहरुलार्इ नेपाल फर्काउने र थप ब्रेनहरुलार्इ बाहिर जान नपर्ने गरि नीतिगत सुधारमा माननीय अर्थमन्त्रीको बिशेष ध्यान जाओस् भन्ने आग्रह गर्न चाहान्छु। पछिल्लो चरण मा द्रुत गति मा विकास गरिरहेका चीन र भारत या विकासको पाइलामा अगाडि बढिरहेका अफ्रिकाका कतिपय देशहरु हुन उनीहरुले बिशेष इन्सेन्टिभ मेकानिजम तय गरी आफ्ना ब्रेनहरुलार्इ घर फर्काइ रहेका छन् र मुलुक निर्माणको अभियानमा सामेल गराइ रहेका छन्। अब हामीले पनि हाम्रा ब्रेनहरु फर्काउनु पर्छ। प्रवासी नेपालीहरुलाई पनि हाम्रो विकासको साझेदारी बनाउनु पर्दछ।

३. ज्याला नीतिमा व्यापक परिवर्तन गरियोस्। प्रस्तुत प्राथमिकता र सिद्धान्त हेर्दा अब हामी छिटै ठूल्लठूला भौतिक पुर्वाधारका योजनाहरु संचालन गर्दछौँ। यसका लागि हामीलार्इ थुप्रै मजदुरको आवश्यकता पर्दैछ। के बजारमा चलेको वर्तमान ज्यालामा हाम्रा मजदुरहरु काम गर्न तयार छ्नरु
के यही ज्यालाको अवस्थामा कतार र मलेशियामा श्रम बेचिरहेका युवाहरुलाई फर्काउन सक्छौंरु अनि कामका लागि बाहिर जाने युवालाई रोक्न सकिन्छरु मलार्इ लाग्छ, यो असम्भव छ। तसर्थः हामीले स्पष्ट ज्याला नीति बनाउनु पर्छ र हालको चलनचल्तीको ज्यालामा व्यापक वृद्धि गर्ने, मजदुरको सुरक्षामा ध्यान दिने र उनीहरुको जीवन बिमा गर्नेजस्ता नीतिगत ब्यवस्था गर्ने कुरा पनि सरकार को प्राथमिकता पर्नुपर्छ भन्ने आग्रह गर्दछु।

४. कालिगण्डकी करिडोर, मध्यपहाडी लोकमार्ग छिटो सम्पन्न गर्न र नेपालको एकमात्र सिकार आरक्षण ढोरपाटनलाई बिशेष पर्यटकीय क्षेत्रमा विकास गर्न र कोरला नाका संचालन गर्ने कुरा सरकार को नीति तथा कार्यक्रम र बजेट मा प्राथमिकताका लागि अनुरोध गर्दछु। अन्त्यमा, आज हामीले एकातिर समतामूलक समाजको निर्माणको कुरा गरिरहेका छौँ। अवसरको उचित बाँड्फाँडको कुरा गरिरहेका छौँ, अर्कातिर भने एउटा देशमा २ वटा नागरिक उत्पादन गरिरहेका छौँ। मूलतः शिक्षानीति का कारणले। हामी त्यही नेर फस्यौँ। जब हामीले नवआर्थिक उदारवादको नीति अवलम्बन गरौँ र शिक्षा र स्वास्थमा चरम ब्यापारीकरण गरौँ। शिक्षा र स्वास्थ नाफा कमाउने र ब्यापार गर्ने बिषय होइन भनेर नीतिगत ढंगबाट बोल्नु पर्छ।यसमा स्वार्थ समूह सित सरकारले कुनै सम्झौता नगरोस्। अर्थमन्त्री ज्यु सित विशेष आग्रह गर्दछु।