८ बैशाख २०८१, शनिबार
Follow Us

थापाथली जनकल्याण परिवारबाट विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान

sarusaru
१ जेष्ठ २०७५, मंगलवार ०३:१७

काठमाडौँ- काठमाडौँस्थित थापाथली जनकल्याण परिवारले आफ्नो २९औँ वार्षिकोत्सवका अवसरमा आज विभिन्न क्षेत्रका व्यक्तित्वलाई रु एक लाख पाँच हजारसहित सम्मान गरेको छ ।
कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कामपाका प्रत्येक वडामा वृद्धवृद्धा मनोरञ्जन केन्द्रको स्थापना गरिने योजना रहेको जानकारी दिनुभयो । परिवारका अध्यक्ष भीमबहादुर अधिकारीले शुरुआतदेखि नै विभिन्न व्यक्तित्वलाई नगदसहित सम्मान वितरण गर्दै आएको जानकारी दिँदै भविष्यमा पनि यसलाई निरन्तरता दिइने बताउनुभयो । सो अवसरमा विश्व यात्री भोजपुरका नवराज भट्टराई र नारायण भट्टराईलाई रु १५ हजार सहयोग गरिएको थियो ।
रासस