१४ बैशाख २०८१, शुक्रबार
Follow Us

संसदमा गगन थापा गर्जिए यसरी (भिडियो)

sarusaru
१ जेष्ठ २०७५, मंगलवार ०३:५१

काठमाडौँ– हालै सम्पन्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटघाट, कुराकानी, सहमति र त्यसक्रममा आएका अभिव्यक्तिको संघीय संसद बैठकमा बहस भएको छ ।सोमबारको बैठकमा सांसदहरुले भारतीय प्रधानमन्त्री मोदीको दुई दिने नेपाल भ्रमणपछिका विकसित घटनाक्रमका बारेमा आ–आफ्नो तर्फबाट धारण राखेका थिए । बैठकमा बोल्दै सत्तापक्षका सांसदहरुले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणले नेपाल–भारतबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको बताएका थिए भने प्रमुख प्रतिपक्षी दलका सांसदले मोदीको नेपाल भ्रमण धार्मिकमात्र भएको भन्दै विगतमा नेपाल र भारतबीच भएका सहमतिलाई कार्यान्वयमा ल्याउन माग गरे ।

काँग्रेसका सांसद गगन थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा सरकारले देखाएको व्यवहारप्रति गम्भिर प्रश्न उठाए ।
संसद बैठकमा बोल्दै नेता थापाले भने, ‘हिजो अरुलाई लम्पसारवादी भन्ने प्रधानमन्त्री केपी शर्मा ओली आज ‘महालम्पसारवादी’ बनेको पाइएको छ ।’

‘हिजो दुई प्रधानमन्त्री भारतीय प्रधानमन्त्रीसँग कुराकानी गर्न जाँदा सिंगडा बेच्न गएको भनियो, घुँडा टेक्न गएको भनियो,’ थापाले भने, ‘ आफूले गर्दा पुण्य अरुले गर्दा पाप ?’
हिजो भारतीय राष्ट्रपति नेपाल भ्रमणमा आउँदा एमाले अध्यक्ष रहेका ओलीले ‘भ्रमण ठीक छ तर तामझाम हेर्दा लम्पसारवादी भन्न मन लागेको’ प्रसंग उल्लेख गर्दै थापाले भने, ‘उहाँकै परिभाषामा उहाँको तामझाम हेर्दे गर्दा मैले महालम्पसरवादी भन्न पाउने कि नपाउने ?’
‘हिजो अरुलाई लम्पसार पर्दा घुँडामा घाउ भयो कि भएन भन्ने प्रधानमन्त्रीलाई भारतको जिम्मा लिएर अब भारतले नाकाबन्दी गर्दैन भन्दै गर्दा तपाईंको घुँडामा भ्वाङ पर्यो कि परेन सोध्न पाउने कि नपाउने ?,’ थापाको प्रश्न छ ।

उनले सुशील कोइरालालाई लम्पसरवादी भन्नेले नेपालभित्र भारतीय सेना किन आयो भनेर जवाफ दिनुपर्ने पनि बताए ।

‘सत्तासिन पार्टीका माननीय भन्दै हुनुहुन्छ –सरकारले सुरक्षा दिन सकेन,’ उनको प्रश्न थियो, ‘कतै कालापानी दोहोराउन खोजिएको त होइन ?’

उनले प्रधानमन्त्रीमा निर्वा्चित हुँदा गर्जिएका प्रधानमन्त्री हिजो शब्द खोज्दै गरेको प्रधानमन्त्री रुपमा पाएको जिकिर गरे ।

अर्को प्रशंगमा सांसद थापाले प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतको भनाई आपत्तिजनक रहेको बताए । ‘नेपालको विदेश नीति प्रदेशले होइन केन्द्रले निर्धारण गर्ने हो यसवारे मुख्यमन्त्रीलाई परराष्ट्रमन्त्रीले प्रशिक्षण दिनुपर्छ ।’