१६ चैत्र २०८०, शुक्रबार
Follow Us

पञ्जावविरुद्ध बैंगलोरको सजिलो जीत

नेपालब्रिटेन संवाददाता
१ जेष्ठ २०७५, मंगलवार ०५:०७

नयाँ दिल्ली । रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार किङ्स ११ पञ्जाबलाई सहजै हराउँदै प्ले अफको सम्भावनालाई जीवित राखेको छ । ८९ रनको लक्ष्य पछ्याएको बैंगलोरले ८.१ ओभरमा विना विकेटको क्षति ९२ रन बनाउँदै १० विकेटको जित हासिल गर्यो ।

जितपछि पनि सातौं स्थानमा यथावत रहेको बैंगलोरको १० अंक पुगेको छ । छैटौं स्थानको मुम्बई इन्डियन्सको पनि १० अंक छ । समान १२ अंक भएपछि पञ्जाब पाँचौं स्थानमा झर्दा राजस्थान रोयल्स चौथो स्थानमा उक्लेको छ । तेस्रो स्थानको कोलकाता नाइट राइजर्सको पनि १२ अंक छ ।

बैंगलोरका कप्तान विराट कोहली ४८ र पार्थिव पटेल ४० रनमा अविजित रहँदै टोलीलाई जित दिलाए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले १५.१ ओभरमा सबै विकेट गुमाएर ८८ रन जाडेको थियो । तीन खेलाडीले मात्र दोहोरो अंकमा रन जोड्न सकेको खेलमा पञ्जाबका ३ खेलाडी रन आउट भएका थिए ।