१५ बैशाख २०८१, शनिबार
Follow Us

गीतमार्फत पाथीभरा देवीको प्रवद्र्धन

नेपालब्रिटेन संवाददाता
१ जेष्ठ २०७५, मंगलवार ०९:१५

काठमाडौं । गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईे पुर्वको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल पाथीभराबारे गीत एवं भिडियो ल्याएका छन् । हाल अमेरिकामा रहेका गायक भुवनको यो पछिल्लो पुर्वेली लोकलय बोकेको ‘पाथीभरा’ बोलको गीतले पाथीभरा देवीको प्रवद्र्धनमात्र नभएर त्यहाँको पर्यटकीय क्षेत्रको प्रचारमा समेत सहयोग गरेको छ । गीतले पाथीभरा घुम्न जान प्रेरित गर्छ ।

ताप्लेजुङको उच्च पहाडी इलाकामा रहेको ‘पाथीभरा देवीको दर्शन गर्दा मनले चिताएको पुग्छ’ भन्ने जनविश्वास छ । त्यस्तैले भुवनले गीतमार्फत पाथीभरा दर्शन गर्न जाँदा मनमा हुने एक किसिमको उत्साह र गरिमालाई दर्साएका छन् ।  भुवनकै शब्द तथा संगीत रहेको यस गीतको भिडियोको छायांकन पाथीभरातिरै गरिएको छ । त्यसैले उक्त गीत तथा भिडियो हेरिसकेपछि जो–कोहीलाई एकपटक पाथीभरा दर्शन गर्नका लागि उत्साहट गर्छ ।

प्राय गीतसंगीतमा पृथकता पस्कँदै आएका भुवनले ‘पाथीभरा’ गीतमा पनि आफ्नो पहिचान जोडेका छन् । उनले यस गीतमार्फत पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवद्र्धन गरेका छन् । यसअघि उनले यस्तै पूर्वको पर्यटकीय तथा रमणीय बजार भेडेटारको प्रर्वद्धात्मक गीत तथा भिडियो ल्याएका थिए ।

‘पीथीभरा’ बोलको यस गीत रिजिल गरेपछि गाकय भुवनले भने, ‘यस गीतले पुर्वको धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनमा टेवा पु¥याउने छ भन्ने मेरो विश्वास छ ।’

एकल पाँचौ एल्बम एवं थुपै्र चलचित्र गीत र कलेक्शन एल्बमहरु ल्याएर संगीत क्षेत्रमा श्रोता तथा दर्शकको माया बटुल्दै आएका भुवन पछिल्लो केही महिनायता अमेरिकामा छन् । तर, त्यहाँ रहेर पनि नेपाली गीतसंगीतलाई निरन्तरता दिइरहने उनले बताए ।