१४ बैशाख २०८१, शुक्रबार
Follow Us

केटीको फेसबुक बनाउँदै यसरी ठग्दै साह

नेपालब्रिटेन डट कम्
१८ भाद्र २०७३, शनिबार ०३:१२

काठमाडौं । युवतीको नाममा फेसबुक बनाई ठगी गर्दै आएका युवक पक्राउ परेका छन् । सप्तरी बस्ने विराटनगरका २४ वर्षीय विकासकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई भारतबाट पक्राउ गरी ल्याएको हो । उनले काठमाडौंको युवतीहरुको नाममा फेसबुक बनाएका थिए । तीनै युवतीका साथीहरुलाई साथी बनाई आफूलाई समस्या परेको भन्दै च्याटमा सहयोग माग्ने गरेका थिए । कसैसँग रिचार्ज गरिदिन आग्रह गर्थे तथा कहिले बिरामी भएको भन्दै खर्च माग्दथे ।
चिनेकै साथीले सहयोग मागेपछि दिने गरेका थिए । तर, वास्तविक साथी नभई उनीहरुको नाममा नक्कली फेसबुक अकाउण्ट बनाई त्यसरी साहले भलुक्याएर ठगी गर्दै आएका थिए । पछि युवतीहरुले थाहा पाएर प्रहरीमा उजुरी गरेपछि उनी पक्राउ परेका हुन् ।
– नयाँपत्रिका