१४ बैशाख २०८१, शुक्रबार
Follow Us

मेयरलाई आक्रमण गर्ने बोगटी पक्राउ

नेपालब्रिटेन संवाददाता
२ जेष्ठ २०७५, बुधबार ०५:४६

मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने मुख्य योजनाकार कुशल बोगटीलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । मध्यपुरथिमि गठ्ठाघरस्थित आफ्नै निवासमा गएको वैशाख ८ गते मध्यपुर थिमी नपाका नगरप्रमुख श्रेष्ठलाई सांघातिक आक्रमण गरी घाइते बनाउने मुख्य योजनाकार नेकपा बिप्लव समूहका कार्यकर्तामध्येका मुख्य योजनाकार बोगटी पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको विशेष टोलीले कालीकोट रुप्सा–५ घर भई अहिले भक्तपुर सल्लाघारीमा बस्दै आएका वर्ष ३० का बोगटीलाई काठमाडौंको बागबजारबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो ।