१५ चैत्र २०८०, बिहीबार
Follow Us

अध्यक्षद्वयबीच भेटवार्ता, साँझ एमाले स्थायी कमिटी बैठक

नेपालब्रिटेन संवाददाता
२ जेष्ठ २०७५, बुधबार ०६:३०

काठमाडौं । पार्टीको एकता प्रक्रियालाई टुंगोमा पु-याउने विषयमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा अहिले छलफल भइरहेको छ । पार्टी एकताबारे ढिलाइ र अन्योल चिर्न आजको भेटवार्ता निर्णायक हुनसक्ने ठानिएको छ । आजै साँझ एमालेले स्थायी कमिटीको बैठक समेत बोलाएको छ ।