१३ बैशाख २०८१, बिहीबार
Follow Us

भारतमा डुंगा डुब्दा ३० जना वेपत्ता

sarusaru
२ जेष्ठ २०७५, बुधबार ०७:१६

काठमाडौं । भारतको आन्द्र प्रदेशस्थित गोदावरीमा डुंगा दुर्घटना हुँदा करिब ३० जना वेपत्ता भएका छन् ।

तीव्र गतिको हावाहुरीका कारण मंगलबार साँझ डुंगा दुर्घटना भएको हो ।

२ महिला र बालबालिकासहित १२ जनालाई उद्धार गरिएको छ । उनीहरुका अनुसार डुंगामा करिब ५५ जना सवार थिए ।
हराइरहेकाहरुलाई उद्धार टोलीले खोजी गरिरहेको छ ।

गोदावरी नदीमा यस प्रकारका धेरै दुर्घटना हुँदै आएका छन् । केहि दिन अघि पनि यात्रुहरुले भरिएको डुंगामा विद्युत सर्ट भएर आगलागी भएको थियो । तर, सबै ८० यात्रुहरुलाई उद्धार गरिएको थियो ।
अनलाइन खबर ।