१४ बैशाख २०८१, शुक्रबार
Follow Us

मकालु एयर एक्लाभोजमा क्षतविक्षत, चालकद्वयको निधन

नेपालब्रिटेन संवाददाता
२ जेष्ठ २०७५, बुधबार ०६:५५

सिमीकोट । सुर्खेतबाट हुम्लाको सिमीकोटका लागि उडेको मकालु एयरको कार्गो विमान हुम्ला खारपुला गाउँपालिका–२ को एक्लाभोज भन्ने स्थानमा फेला परेको प्रहरीले जनाएको छ । विमान ३ टुक्रा भएको र आगो लागिरहेको प्रहरीले जनाएको छ ।

चाल दलका दुई सदस्यको शब क्षतविक्षतमा रहेको प्रहरीले जनाएको छ । चालकद्वय किरण भट्टराई, आदित्य नेपालीको निधन भएको हो । घटनास्थलमा प्रहरी पुगिसकेको छ ।

मकालु एयरको 9N AUJ कार्गो विमान आज बिहान ६ः१६ बजे सुर्खेत विमानस्थलबाट हुम्लाको सिमीकोटका लागि उडेपछि सम्पर्कविहीन भएको थियो ।

विमानमा चालक दलका दुई सदस्य थिए। विमान सिमीकोट आइनपुगेकाले खोजीका लागि हेलिकप्टरको परिचालन गरिएको नागरिक उड्डयन कार्यालय, हुम्लाले जनाएको छ ।