७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रम द्वय मोदी र ओलीले संयुक्त रुपमा उद्घाटन गरेका बस सेवा बन्द

नेपालब्रिटेन संवाददाता
२ जेष्ठ २०७५, बुधबार ०८:०५

जनकपुरधाम । जनकपुरधामदेखि अयोध्यासम्मको बस सेवा एकपटक चलेर बन्द भएको छ । नेपाल र भारतका प्रधानमन्त्रीहरुले संयुक्त रूपमा उद्घाटन गरेका बस सेवा प्राविधि प्रक्रिया पूरा नभएको भन्दै रोकिएको हो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीहरूले हरियो झन्डा देखाएर उक्त बस सेवाको आरम्भ गरेका थिए । तर नेपालको जनकपुरलाई रामायण सर्किटमा जोड्नका लागि सुरु गरिएको सेवा सञ्चालनका लागि केही प्राविधि काम पूरा गर्नुपर्ने अधिकारीहरुले बताएका छन् ।

गत शुक्रवार जनकपुरधामबाट अयोध्याका लागि दुईवटा बस गएका थिए । जनकपुरबाट अयोध्या गएका दुईवटै बस फर्केका छन् भने अर्को बस सञ्चालन भएको छैन । बस सेवा सञ्चालनका लागि आवश्यक प्राविधिक प्रक्रियाहरू पूरा हुन बाँकी नै रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।