१५ चैत्र २०८०, बिहीबार
Follow Us

सन्दीप लामिछाने आईसीसी विश्व ११ मा छानिए

नेपालब्रिटेन संवाददाता
२ जेष्ठ २०७५, बुधबार १४:१७

काठमाडौ । नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछाने वेष्ट इण्डिजविरुद्ध खेल्ने आईसीसी विश्व ११ मा छनौट भएका छन् । १७ जेठमा इंग्ल्याण्डको लर्डसमा हुने खेलमा आइसिसीले वेस्ट इन्डिजबाहेकका देशबाट खेलाडी छान्ने क्र्रममा सन्दिप पनि छानिएका हुन ।
विश्व ११ टिमको कप्तानी इयान मोर्गानले गर्नेछन् । त्यस्तै टोलीमा साहिद अफ्रिदी, तमिक इकवाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्याक्लेनेगन, सोयब मल्लिक, हार्दिक पाण्डेया, थिसारा परेरा, लुक रोन्ची छन् । विभिन्न समयमा आएको आँधीले क्यारेबियन राष्ट्रहरूमा क्षति भएका रंगशालाको पुनर्निर्माणका लागि खेलको आयोजना गरिएको हो।