१४ बैशाख २०८१, शुक्रबार
Follow Us

जेठ ७ गतेभन्दा पहिले नै पार्टी एकता हुने

नेपालब्रिटेन संवाददाता
२ जेष्ठ २०७५, बुधबार १४:१९

काठमाडौं । सरकारको निति कार्यक्रम सार्वजनिक हुनु अघि नै पार्टी एकता गर्ने समझदारी एमाले र माओवादीले गरेका छन् । आज विहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी ओली विच भएको छलफलमा जेठ ७ गतेभन्दा पहिले नै पार्टी एकता घोषणा गर्ने सहमति भएको हो । वार्तामा एकता संयोजन समितिलाई मिल्न बाँकी कुरा टुग्याउन दुई नेताले निर्देशन दिईसकेका छन् ।

एकता अघि सहमतिमा रहेका विषयमा दलभित्र पनि छलफल हुनेछ । माओवादीको केन्द्रीय कार्यालय बैठक बुधबार नै बस्दैछ। एमाले र माओवादीले बिहीबारका लागि केन्द्रीय समितिको बैठक बोलाएको र त्यो बैठक सम्भवतः दुई पार्टीको एकीकरण अघिको अन्तिम केन्द्रीय समिति बैठक हुने उच्च स्रोतले बताएको छ ।