१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पत्रकार महासंघका अध्यक्ष आचार्य र महासचिव बिष्ट लण्डनमा

नेपालब्रिटेन डट कम्
२ जेष्ठ २०७५, बुधबार २१:०२

लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको आगामि शनिवार हुने चौथो अधिवेशनमा भाग लिन केन्द्रिय नेताहरु लण्डन उत्रिएका छन् ।
अल्डरशटस्थित एम्पायर हलमा सम्पन्न हुने अधिवेशनलाई सम्वोधन गर्न अध्यक्ष गोविन्द आचार्य र महासचिव रमेश विष्ट बुधवार लण्डनस्थित हित्रो विमानस्थलमा आइपुग्दा १ दजर्न भन्दा बढी पत्रकारहरुले स्वागत गरे ।

शाखाको नयाँ नेतृत्वको समेत चयन सो अधिवेशनको लागि अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी परेको छ । शाखाको निर्वाचन समितिमा आइतवार उम्मेदवारहरुले आआफ्नो नाम मनोनय गराएका थिए । जसमा ध्रुवराज अर्याल र नरेश अपांगी मगरले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।
यसअघि शाखाको निर्वाचनको लागि पत्रकार महासंघ केन्द्रले ९७ जनाको नाम स्वीकृत गरेर पठाए पनि सदस्यता सम्वन्धि विवाद भने यथावत रहेको छ । शाखाको सदस्य बन्नको लागि आवेदन दिएका मध्य १९ जनाको सदस्यता भने केन्द्रिय प्रतिनिधीको उपस्थितमा निर्णय गर्ने गरि निर्वाचनको प्रकृया अघि बढाइएको हो ।

अध्यक्ष आचार्य र बिष्टको उपस्थितिमा विवाद टुंग्गाउने गरि उम्मेदवारी फिर्ता लिने समय आगामि विहीवार सम्मको लागि थप गरिएको निर्वाचन समितिले जनाएको छ । केन्द्रिय प्रतिनिधीको उपस्थितमा सर्वसम्मत नेतृत्व समेत चयन हुने अपेक्षा गरिएको छ ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा दिनेशकुमार परियार र श्याम लुइटेलले उम्मेदवारी परेको छ । उपाध्यक्षमा खेमराज रानाभाट र लीलामान सेयरपुजा तथा महासचिवमा नरेन्द्र बस्नेत, सञ्जयबहादुर कडेल, विमला सेन र खुशीमान तावा लिम्बुले उम्मेदवारी दर्ता गराएका छन् ।

सचिवमा शिव भण्डारी, जग्गनाथ कार्कीको नाम परेको छ । कोषाध्यक्षमा पूर्णबहादुर गुरुङ र सिद्धार्थबहादुर क्षेत्रीले उम्मेदवारी दर्ता गराएका छन् । सहकोषाध्यक्षमा भने रोशन ‘विनोद’ को मात्र उम्मेदवारी परेको छ । यस्तै सदस्यहरुमा बोमबहादुर थापा, नरेश काङवाङ राई, सुरेन्द्र इंगनाम, तीर्थबहादुर मल्ल, गणेश खड्का, मञ्जु भण्डारी खरेल, विश्वदिप लिम्बु ‘तिगेला’ नरेन्द्रराज नेम्वाङ र जीवन सेनको उम्मेदवारी परेको छ ।