१५ चैत्र २०८०, बिहीबार
Follow Us

सहारा बिरुद्ध एनआरएन युकेको ६ गोल

नेपालब्रिटेन डट कम्
२ जेष्ठ २०७५, बुधबार २१:३६

लन्डन । सहारा युके र गैरआवासीय नेपाली संघ युके बीच फुटबल खेल सम्पन्न भएको छ । गत आइतबार अल्डरसटस्थित कन्नट स्कुल मैदानमा गैर आवासीय नेपाली संघ बेलायत र सहारा युके भेट्रानले स्वास्थ्यको लागि ब्याम र ‘खेलखुद’ मुलमन्त्र मान्दै सौहाद्रपूर्ण फूटबल खेल प्रतिस्पर्धा गरेको हो ।

मैत्री पूर्ण फुटबल खेलको प्रतिस्पर्धामा एनआरएनए यूकेले ६ गोल गरि विजयी भएको छ, भने सहारा यूके ४ गोल गरी दोश्रो स्थान हासिल गरेको छ।

खेल समापनपछि प्रमुख अतिथी लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरणले विजयी टिमका खेलाडीलाई २० गोल्ड मेडल र उपविजेता खेलाडीलाई २० सिल्भर मेडल प्रदान गरे ।

प्रमुख अतिथी आरणले रेफ्री गम गुरुङलाई बल प्रदान गरेपछि एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी र सहारा यूके अध्यक्ष मीनबहादुर गुरुङ (साईंला) ले मायाको चिनो साटासाट गरि खेल शुभारम्भ भएको थियो ।

स्वास्थ्यका लागि खेलकुदको आवश्यकताबारे सजग गराउन एवं युवाहरुलाई खेलप्रति उत्प्रेरित गर्न मैत्रीपूर्ण खेल आयोजना गरिएको आयोजकले जनाएका छन् ।

फुटबल खेलको प्रतिस्पर्धामा एनआरएन उपाध्यक्ष प्रेम घा मगर,पुनम गुरुङ शेर सुनार,सुशिला राई सहभागी भएर सहकार्य गरे यसैगरी युवा संयोजक एलबीजेड गुरुङ, सल्लाहकार हेम गुरुङ, पनि खेलमा सहभागी थिए ।

उक्त खेलको संयोजन सहारा एफसीका चियरमेन लेप्टेन कुसान गुरुङले गरेका थिए भने आयोजक टिमका धनु थकाली, शारदा गुरुङ, नारायण गुरुङ, कुमार गुरुङ, कृष्णा गुरुङले मद्दत गरेका थिए । सहारा यूकेका संस्थापक अध्यक्ष नवीन गुरुङ, पूर्व अध्यक्ष, सल्लाहकार र सदस्यहरुले पनि खेल आयोजनामा सहयोग गरे ।

उक्त खेल बचेको रकम सहारा एकेडेमीको २ करोड रुपैयांको अक्षयकोषका लागि प्रदान गरिने सहारा यूके अध्यक्ष मीन बहादुर गुरुङ (साईंला) ले जनाए । सहारा पोखराले २८ जना अनाथ बालबालिकाको पालनपोषण र शिक्षा प्रदान गरिरहेको छ ।

मन्तव्यका क्रममा प्रमुख अतिथी दूतावासका उपनियोग प्रमुख शरदराज आरणले सहारा यूकेले खेल जस्तो प्रशंसनीय कार्य गरेको जनाउंदै यसलाई निरन्तरता दिन जोड दिए । एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी र महासचिव आरके त्रिपाठीले आगामी दिनमा अझ टिम सहभागिता बढाइ यसलाई वर्षेनी गर्न सुझाए । उनीहरुले सहारा यूकेले खेलकुदको विकासबाहेक भूकम्पछि स्कुल पुनर्निर्माण, पोखरास्थित सहारा एकेडेमीलाई आर्थिक सहयोग, यूकेमा युवाहरु संलग्न गराइ ‘सन्डे लिग’ खेलाइरहेको जस्ता प्रशंसनीय कार्य गरेको बताएका थिए ।प्रेम घा मगर सुशिला राई सुनार हेम गुरुङ

सहारा यूके अध्यक्ष मीनबहादुर गुरुङ (साईंला) ले खेलाडी, सम्पूर्ण सहयोगी र सञ्चारकर्मीहरुलाई मैत्रीपूर्ण खेल सफल बनाएकामा आभार व्यक्त गरे । औपचारिक कार्यक्रममा महासचिव कृष्ण गुरुङले स्वागत मन्तव्य दिए ।

खेलका क्रममा भेटघाट रेष्टुरेन्टले खाना एवं सहारा यूकेका दिदीबहिनीले खाजा व्यवस्था गरेका थिए ।

कार्यक्रममा एनआरएनए लन्डनस्थित नेपाली दूतावासका थर्ड सेक्रेटरी तेजेन्द्र रेग्मी, आइसीसी सदस्य शान्ति थापा कुंवर, एनआरएनए यूके पूर्व अध्यक्षहरु सूर्य गुरुङ, मुछेत्र गुरुङ र योगेन क्षेत्री लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।