८ बैशाख २०८१, शनिबार
Follow Us

आईपिएल क्रिकेट : मुम्बईले पञ्जावलाई हरायो

नेपालब्रिटेन संवाददाता
३ जेष्ठ २०७५, बिहीबार ०४:५०

मुम्बई । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा किङ्स ११ पञ्जाबलाई ३ रनले बुधबार हराउँदै अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । जितपछि १२ अंकसहित चौथो स्थानमा उक्लेको । समान अंक भएका राजस्थान रोयल्स पाँचौं र पञ्जाब छैटौं स्थानमा छ ।

१ सय ८७ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८३ रन मात्र जोड्न सक्यो । ओपनर लोकेश राहुले अर्धशतक र आरोन फिन्चले ४६ रन बनाएपनि पञ्जाब लक्ष्यमा पुग्न सकेन । लोकेशले ६० बलमा १० चौका र ३ छक्काको मद्दतमा ९४ रनको योगदान गरे ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धा्रित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८६ रन बनाएको थियो ।
टोलीका लागि किरोन पोलार्डले अर्धशतक बनाएका थिए । आइपिएलमा आज रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुनेछ ।