१६ चैत्र २०८०, शुक्रबार
Follow Us

पुच्छर काटेका वानरहरुको एकतालाई शुभकामना : डा. बाबुराम

नेपालब्रिटेन संवाददाता
३ जेष्ठ २०७५, बिहीबार ०५:५९

काठमाडौं । माओवादीबाट छुट्टिएर नयाँ शक्ति पार्टी गठन गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई विहीबार एकता हुन लागेका नेकपा एमाले र माओवादी केन्द्रका नेतालाई पुच्छर काटेको वानरको संज्ञा दिइएका छन् । एमाले र माओवादी केन्द्रको एकतालाई शुभकामना दिँदै डा. भट्टराईले तीनवटा प्रश्न अघि सारेका छन् ।

आफ्नो टुइटर हेन्डिलमार्फत् दुवै पार्टीलाई बधाइ र शुभकामना दिएका छन् । तर उनले अनुत्तरित भन्दै तीनवटा प्रश्न अघि सारेका छन् । उनले भनेका छन्, ‘एमाले–माके एकता अन्ततः सम्पन्न हुन लागेकोमा दुवैलाई बधाइ । शुभकामना । तर केही अनुत्तरित प्रश्न : के बानरहरु पुच्छर काटेकै भरमा मान्छे भएका हुन् ? गणितमा माइनस १ र माइनस १ जोड्दा माइनस २ हुन्छ, माइनस १ को मूल्य धेरैकि माइनस २ को ? सर्वहारा अधिनायकत्व छोडेपछि कम्युनिष्ट नाममा मोह किन ?