१३ बैशाख २०८१, बिहीबार
Follow Us

सालीको मागले बेहुलाको होस उड्यो

sarusaru
३ जेष्ठ २०७५, बिहीबार ०६:३८

एजेन्सी। बिहारका पूर्व मुख्यमन्त्री लालु यादवका छोरा तेजप्रतापको बिहेमा सालीले बेहुलासँग गरेको मागका कारण उपस्थित सबै पाहुना जिल्ल परेका छन् । तेजप्रताप बेहुला बनेर बेहुली लिन जाँदा ढोका छेक्ने क्रममा उनका सालीहरुले १ करोड रुपैयाँको माग गरे । यति ठूलो रकम सुन्नासाथ बेहुला केही बोल्नै सकेनन् । उपस्थित सबै पाहुना मुखामुख गर्न थाले । एकैछिन त्यहाँ मौनता छायो ।

यद्यपि बेहुला तेजप्रतापका भाइ तेजस्वीले तत्कालै अघि सरेर कुरा मिलाए । उनले भने ११ हजार रुपैयाँबाट कुरा सुरु गरे । तर, तेजप्रतापकी हुनेवाला सालीहरुले १० लाख भन्दा एक पैसा कम नलिने अडान लिए । यस क्रममा दुवै पक्षबीच एकैछिन बहस भयो । अन्ततः ५० हजारमा कुरा फाइनल गरियो । १२ मेका दिन पूर्व स्वास्थ्य मन्त्री तेजप्रतापको बिहे भएको थियो । उनकी पत्नी ऐश्वर्या बिहारका पूर्व मुख्यमन्त्री दरोगा रायकी नातिनी र आरजेडी नेता चन्द्रिका रायकी छोरी हुन् ।