१४ बैशाख २०८१, शुक्रबार
Follow Us

आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा दिपावली गरिने

नेपालब्रिटेन संवाददाता
३ जेष्ठ २०७५, बिहीबार १०:३०

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी एक भएको दिन आज बिहीबार बालुवाटारमा दिपावली गरिने भएको छ । त्यसका लागि दिउँसैदेखि झिलीमिली बत्ती फिँजाइएको छ । प्रधानमन्त्री निवासको बगैंचाका रुख विरुवामा समेत झिलीमिली बत्ती विछ्याइएको छ ।

एकता संयोजन समितिको बैठकलगत्तै प्रधानमन्त्री निवास बालुवाटामा एमाले केन्द्रीय समितिको बैठक शुरु भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार केन्द्रीय समितिमा पार्टी एकताका बारेमा जानकारी गराउने कार्यक्रम छ । उता माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकसमेत बस्ने भएको छ । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालका अनुसार केन्द्रीय कार्यालयको बैठकमा पार्टी एकताको प्रक्रियाका बारेमा अध्यक्ष दाहालले जानकारी दिने कार्यसूची रहेको छ ।

एकता घोषणा कार्यक्रम सम्पन्न भएलगत्तै आज साँझ गोकर्ण रिर्सोटमा यहाँ एकीकृत पार्टीको संयुक्त केन्द्रीय समितिको बैठक बस्ने कार्यक्रम छ ।