१५ चैत्र २०८०, बिहीबार
Follow Us

पत्रकार महासंघ यूके शाखाको निर्वाचन कार्य तालिका स्थगित

नेपालब्रिटेन संवाददाता
३ जेष्ठ २०७५, बिहीबार १४:२१

लन्डन । नेपाल पत्रकार महासंघ युकेको निर्वाचन समिति, महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्य र महासचिव रमेश विष्ट बीच बिहीबार अल्डरशटमा संयुक्त वैठक सम्पन्न भयो । बैठकले निर्वाचन समितिमा प्राप्त सबै उम्मेदवारीलाई सदर गर्दे निर्वाचन सम्वन्धि सम्पूर्ण कार्यतालिका भोलि साँझसम्मको लागि स्थगन गरेको छ । यसै उम्मेदवारहरु बीच सहमतिको वातावरण निमार्ण गर्न महासंघका महासचिव रमेश विष्ट, पत्रकार भगिरथ योगि, पूर्व अध्यक्षद्धय चिरन शर्मा र नविन पोखरेल रहेको एक समिति गठन गर्ने निर्णय भएको छ । सो समितिमा आमन्त्रित सदस्यको रुपमा अध्यक्ष पदको लागि उम्मेदवारद्धय ध्रुवराज अर्याल र नरेश खपांगी रहेका छन् ।