१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सोल्टी खोलाको बाँधमा अज्ञात पक्षबाट क्षति

sarusaru
४ जेष्ठ २०७५, शुक्रबार ०५:३०

मोरङ । मोरङको पथरीशनिश्चरे र उर्लाबारी नगरपालिकाको सिमानामा पर्ने सोल्टी खोलामा बाँध निर्माणका लागि लगाइएको ताराजालीमा अज्ञात पक्षले क्षति पुर्याएको छ।

पथरीशनिश्चरे–२ तर्फको दोगडे पैनी संरक्षणका लागि ढुंगा भरेका आठवटा स्पर तारजाली अज्ञातरुपमा काटेर क्षति पुर्याइएको पाइएको वडाध्यक्ष यामप्रसाद गुरागाईंले जनाए।

तारजाली काटेर क्षति पुर्याएको अवस्थाका बारेमा नगर प्रमुख दिलीपकुमार राई, वडाध्यक्ष यामप्रसाद गुरागाईं तथा सिमानामा पर्ने उर्लाबारी-३ का अध्यक्ष गञ्जबहादुर कार्कीसहितका जनप्रतिनिधिले तार जाली लगाउने बताए।

जाली काट्ने पक्षको खोजी गरी कारबाही गरिने दुवै नगरपालिकाका जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । त्यहाँ तारजालीको स्पर निर्माणका क्रममा उर्लाबारीतर्फ कटान हुने सम्भावना भएको ठहर गर्दै जालीलाई छोटो बनाउने सहमति भएपछि जाली काटिएको अवस्थामा फेला परेको हो।
रासस