६ बैशाख २०८१, बिहीबार
Follow Us

विप्रेषण आप्रवाहमा वृद्धि

नेपालब्रिटेन संवाददाता
४ जेष्ठ २०७५, शुक्रबार ०५:३७

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा विप्रेषण आप्रवाह पाँच दशमलव छ प्रतिशतले वृद्धि भई ५४० अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह छ दशमलव तीन प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा उल्लेख छ ।

आव २०७४-७५ को नौ महिनाको तथ्याङ्कमा आधारित उक्त आर्थिक तथा वित्तीय स्थितिअनुसार खुद ट्रान्सफर आय भने रु ६२१ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय नौ दशमलव नौ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या (पुनः श्रम स्वीकृतिबाहेक) समीक्षा अवधिमा छ दशमलव आठ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या तीन दशमलव दुई प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति पाँच दशकलव तीन प्रतिशत पुगेको छ । यस्तो मुद्रास्फीति गत वर्षको यही अवधिमा तीन दशमलव आठ प्रतिशत थियो । त्यस्तै खाद्य मुद्रास्फीति यस आवको नौ महिनामा चार दशमलव सात प्रतिशत रहेको छ । अघिल्लो वर्ष उक्त मद्रास्फीति शुन्य दशमलव सात प्रतिशत थियो ।