१३ बैशाख २०८१, बिहीबार
Follow Us

पेस्तोलसहित भारतीय नागरिक पक्राउ

sarusaru
४ जेष्ठ २०७५, शुक्रबार ०५:४६

वीरगञ्ज । प्रहरीले सेमी अटोमेटिक हृयान्डमेड पेस्तोलसहित एक भारतीय नागरिकलाई वीरगञ्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मोतिहारी पोडिहार ग्राम-१९ रक्सौल बस्ने २३ वर्षीय अविरञ्जन साह रहेका छन् । उनलाई वीरगञ्ज-१६ स्थित भन्सार रोडबाट पक्राउ गरिएको हो ।

उनको साथबाट पेस्तोलमा लाग्ने म्यागेजिन एक थान, ९ एमएम गोली एक थान, ७.६५ एमएमको मिस राउन्ड गोली एक थानसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजन लिम्बुले बताए ।

बिहीबार साँझ भारतबाट नेपाल आउँदै गर्दा उनी पक्राउ परेका हुन् । ‘बीआर ०५ एम ९२५४ नम्बरको पहेंलो रंगको हिरो मोटरसाइकलमा चढेर साह नेपाल आउँदै रहेछन,’ उनले भने, ‘चेकजाँचको क्रममा मोटरसाइकलको सिटमुनी पेस्तोल र गोली लुकाएर ल्याउँदै गरेको भेटियो, त्यसैले उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरेका छौं ।’
अनलाइन खबर