१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पार्टी एकतापछि उपत्यकामा दिपावली, बालुवाटारमा रात्रीभोज

नेपालब्रिटेन संवाददाता
४ जेष्ठ २०७५, शुक्रबार ०५:४०

काठमाडौं । नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकता घोषणा भएपछि नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा खुशीयाली मनाउँदै दीपावली गरेका छन् । राष्ट्रियसभा गृहमा साँझ ऐतिहासिक एकता घोषणाको स्वागतमा ठाउँठाउँमा दीपावली भइरहेको युवा संघ नेपालका उपाध्यक्ष प्रभातविक्रम कटवालले जानकारी दिनुभयो ।

यसैगरी, एकताको खुशीयालीमा प्रधानमन्त्री निवास बालुवाटारमा रात्रि भोजको आयोजना गरिएको छ । पार्टीका केन्द्रीय सदस्यहरुका लागि आयोजित कार्यक्रममा शीर्ष नेताहरुले केक काटेर उत्सवसमेत मनाएका छन् । पुनःगर्ठित केन्द्रीय कमिटीको पहिलो बैठक चाँडै बस्ने बुझिएको छ ।