१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कांग्रेसमा गुट उपगुट छैन : गच्छदार

नेपालब्रिटेन संवाददाता
४ जेष्ठ २०७५, शुक्रबार ०५:४६

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले काँग्रेस पार्टीमा जिल्लास्तरमा गुट उपगुट नरहे पनि केन्द्रमा गुटउपगुट हावी रहेकाले यसलाई माथिबाटै नै सुधार गर्नुुपर्ने बताउनुभएको छ ।
सुनसरी सदरमुकाम इनरुवामा काँग्रेसको नियमित बैठकमा उहाँले आगामी दिनमा काँग्रेसलाई सुधार गर्दै अगाडि बढनुपर्ने बताउनुभयो । जिल्ला सभापति तथा प्रदेश नंं का १ संसदीय दलका नेता राजीव कोइराला, प्रतिनिधिसभा सदस्य सीताराम मेहता, प्रदेशसभा सदस्य ताहिर अन्सारी, अगमलाल चौधरी, नवोदिता चौधरी, ज्योति सुब्बा, इनरुवा नगरपालिकाका उपप्रमुख जमुना गौतम पोखरेललगायतले काँग्रेमा सुधारको खाँचो औँल्याउनुभयो ।