१२ बैशाख २०८१, बुधबार
Follow Us

प्रदेश नं. २ प्रदेशसभाको प्रथम अधिवेशन सम्पन्न

नेपालब्रिटेन संवाददाता
४ जेष्ठ २०७५, शुक्रबार ०५:५०

जनकपुर । प्रदेश नं. २ प्रदेशसभाको प्रथम अधिवेशन विहिबारबाट सम्पन्न भएको छ । प्रदेशसभाको विहिबार बसेको २६ औं बैठकले राति १२ बजेपछि लागु हुने गरी प्रदेशसभाको पहिलो अधिवेशन अन्त्य भएको घोषणा गरिएको हो ।

बिहीबार बसेको बैठकमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले पठाउनुभएको पत्र सभामुख सरोजकुमार यादवले पढेर सुनाउँदै पहिलो अधिवेशन अन्त्य भएको घोषणा गर्नुभयो । वैठकमा प्रदेशसभाको नियमावलीसम्बन्धी विधेयक सर्वसम्मतले पारित गरेको छ ।

प्रथम अधिवेशन सम्पन्न हुँदासम्म सरकारद्वारा पेश भएको आठ विधेयकमध्ये दुईवटा सभाबाट पारित भई प्रमाणीकरण समेत भइसकेको छ भने दुईवटा विधेयक प्रक्रियामा रहेको छ । चारवटा विधेयक सचिवालयमा दर्ता भएका छन् । त्यसैगरी हिजोदेखि लागु हुने गरी प्रदेश २ को प्रदेशसभामा प्रमुख विपक्षी दलको नेताका रुपमा नेपाली काँग्रेसका संसदीय दलको नेता रामसरोज यादवलाई मान्यता प्रदान गरिएको छ ।

सभामुखस्तरीय निर्णयअनुसार नेता यादवलाई विपक्षी दलको नेताको रुपमा मान्यता दिइएको व्यहोरा उल्लेखित पत्र बुझाइएको छ ।