१५ चैत्र २०८०, बिहीबार
Follow Us

सिन्डिकेट हटाउने रुपनारायणलाई कारबाही ! मन्त्रालय तानियो

sarusaru
४ जेष्ठ २०७५, शुक्रबार १०:४५

काठमाडौँः सिन्डिकेट पक्षधर यातायात व्यवसायीहरुलाई असहयोग गरेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई मन्त्रालयमा तानेका छन् ।

सिन्डिकेटावाला यातायात व्यवसायीहरुसँग सुरुबाटै लचिलो बन्दै आएका महासेठले शुक्रबारबाट लागू हुने गरी विशेष कामका लागि भन्दै भट्टराईलाई मन्त्रालय तानेका हुन् ।

मन्त्रालयले पठाएको पत्र महानिर्देशक भट्टराईले शुक्रबारै प्राप्त गरेका छन् । देशभरमा रहेको यातायात व्यवसायीको चर्को सिन्डिकेट हटाउन

निर्णायक भूमिका खेलेका भट्टराईको कामप्रति असन्तुष्ट रहेका मन्त्री महासेठ व्यवसायीको दबाबमा मन्त्रालय तानेका हुन् ।

मन्त्रालय जान्न

मन्त्रायबाट पठाइएको पत्र पाएको जनाउँदै करिब एक वर्षअघि विभागमा आएका भट्टराईले आफू तत्काल मन्त्रालय हाजिर हुन नजाने बताए ।

गृहमन्त्री रामबहादुर थापाले सिन्डिकेट हटाउन कडा कदम चालेपछि कार्यान्वयनका जिम्मेवारी पाएको यातायात व्यवस्था विभागका महानिर्देशक भट्टराईकै पहलमा समिति र संघहरु कम्पनीमा आउन बाध्य भएका थिए ।

‘मलाई मन्त्रालय तानिने कुरा सुनेको थिएँ, तर आज पत्र पनि आयो’, भट्टराईले भने, ‘तर म अब केही साता विदामा बस्ने तयारीमा छु, मैले अन्य कामको पनि तयारी थालेको छु ।’

विशेष कामले तानेँः मन्त्री

उता मन्त्री महासेठले उनलाई विशेष कामले मन्त्रालय तानिएको दाबी गरे । ‘विशेष काम र भूमिकाका लागि कर्मचारीलाई मन्त्रालयमा तान्न पाइन्छ’, महासेठले भने, ‘भट्टराईलाई पनि विशेष कामले तोनको हुँ ।’
अन्नपूर्ण पोष्ट