८ बैशाख २०८१, शनिबार
Follow Us

प्रचण्ड संसदमा दोस्रो मर्यादाक्रममा

नेपालब्रिटेन संवाददाता
४ जेष्ठ २०७५, शुक्रबार १२:४०

काठमाडौं । संसदको आजको बैठकमा नेपाल कम्युनिस्ट पार्टी औपचारीक रुपमा घोषणा भएको जानकारी दिईएको छ । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भई नेपाल कम्युनिस्ट पार्टी निर्माण भएको तत्कालीन एमालेका प्रमुख सचेतक खगराज अधिकारीले आज संसदमा जानकारी दिएका हुन् ।

योसँगै नेकपाको नयाँ वरीयताक्रम पनि बनेको छ । सत्तापक्षको सिटमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो नम्बरमा बसेका छन् । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली भने सरकारका लागि छुट्याएको सिटमा रहेकाले सत्तारुढ सिटमा प्रचण्ड पहिलो नबरमा बसेका हुन् । प्रचण्डपछि वरिष्ठ नेता माधवकुमार नेपाल बसे । चीनमा रहेका झलनाथ खनालको सिट खाली थियो ।

नेकपाका नेता देव गुरुङले सत्तापक्षले आफ्नो सिटमा पार्टी वरियता अनुसार नै बसेको जानकारी दिएका छन् । यसअघि माओवादी केन्द्रका सांसद बस्ने सिटमा भने पहिलो नम्बरमा देव गुरुङ बसे त्यसपछि स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे बसेका छन् ।