१५ चैत्र २०८०, बिहीबार
Follow Us

करेन्ट लागेर दुई युवतीको मृत्यु

नेपालब्रिटेन संवाददाता
५ जेष्ठ २०७५, शनिबार १४:४१

बागलुङ । काठेखोला गाउँपालिका–६ बिहुँकोटका दुई युवतीको करेन्ट लागेर आज ज्यान गएको छ । जंगलबाट स्याउला लिएर घर फर्कने क्रममा करेन्ट लागी २५ वर्षीया गुमा कँडेल र २० वर्षीया निशा कँडेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्वराजसिंह थापाले जानकारी दिनुभयो । हाइटेन्सन लाइनको पोलबाट विद्युत् प्रवाह भई करेन्ट लागेको जनाइएको छ ।

बिहानै जंगल गएका युवती अबेरसम्म घर नफर्केपछि परिवारले खोजी गर्दा दुवै मृतावस्थामा फेला परेका थिए ।

जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले घटनाको मुचुल्का उठाए पनि स्थानीयवासीले मृतकको शव उठाउन दिएका छैनन् । विद्युत् प्राधिकरणको चरम लापरवाहीका कारण घटना भएको उनीहरुको आरोप छ । मृतकका आफन्तले घटनाको जिम्मेवारी लिई प्राधिकरणले उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।